एउटा मध्यमवर्गीय घरमा जन्मिएकी म, सपना ठूला थिएनन् मेरा। सानैदेखि भन्ने गर्थे आमाबुबाको सपना पुरा गर्छु म ता साहै शान्त स्वभाव थिइन् म सानै देखि। कोहीसँग बोल्न रुचाउँदैन थिएँ म। जसकारण मेरा साथी एकदमै कम थिए। पढाइमा सानैदेखि उत्कृष्ट थिएँ जसकारण शिक्षकहरूको आँखाको तारा थिएँ मा मैले कक्षा आठमा विद्यालय भरिमा उत्कृष्ट अङ्क ल्याएकी थिएँ। मध्यमवर्गीय घरमा जन्मिएकी म सरकारी स्कुलमा पर्थे। सरकारी स्कुलमा पढेर उत्कृष्ट अङ्क ल्याउनु धेरै ठूलो कुरा थियो। त्यसबेला सरकारी स्कूलहरुमा welcome programme गर्ने लहर चलेको थियो र हाम्रो विद्यालयमा पनि welcome programme हुने भयो… welcome programme कक्षा 9 र 10 को लागि मात्रै हुन्थ्यो। त्योपनि कक्षा 9 बाट पास भएर गएकाले कक्षा आठ पास गरेर 9 मा गएकालाई गर्थे। welcome programme भन्दा पहिले नयाँ विद्यार्थी भर्ना हुन त बाँकी नै थियो। धेरै विद्यार्थीहरु भर्ना भएका थिए त्यस ठाउँको एकदमै राम्रो सरकारी विद्यालय थियो त्यस विद्यालय। नयाँ भर्नाको क्रममा एउटा केटी आएकि थिई बोर्डिङ स्कुलबाट.. त्यस केटी पनि कोहीसँग बोल्दैन थिई म जस्तै। भनिन्छ नि 2 जना उस्ता उस्तै मान्छेको भेट भयो भने तिनीहरुमा मित्रता छिटै गाँसिन्छ भनेर त्यस्तै भयो मर सोहा बिचा एकदमै मिल्ने साथी भौं हामीहरु। अब केही दिनमा नयाँ कक्षा शुरु हुने notice आयो विद्यालयमा.. नयाँ कक्षा भन्नेबित्तिकै section कुरा आयो मेरो दिमाखमा.. मन मनै भगवान सँग बिन्ती गर्न लागे सोहा र म एउटै सेक्सनमा भैदिने हुने नि। उता सोहाको दिमाखमा पनि यिनी कुरा चलिरहेको थियो। तर भनेको जस्तो कहाँ हुन्छ र section छुट्टियों सोहा र म पनि छुट्टियौँ। म section A मा र सोहा section B मा! section छुट्टिए लगत्तै अब पालो आयो welcome programme को! कक्षा 9 बाट पास भएर गएकाले दिन्थे welcome programme! विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम रहोस भनेर राख्ने गर्थे welcome programme विद्यालयमा कक्षा 9 पास भएर गएका एक केटा मलाई असाध्यै मन पथ्यर्थ्यो। म कहिल्लै बोलीकि थिइन त्यस केटासँग। र केटा लाई त थाहा पनि थिएन होला श्रेया नामकी कोही केटी छे भनेर यहि सोच्थें म… प्रोग्राममा जानेबित्तिकै मैले त्यस केटालाई देखें। उनलाई हेर्न र उनी सँग बोल्न के लागि म welcome program मा जानलाई आतुर र धेरै नै excited थिएँ।
उनको नाम थियो अमृत। अमृत अग्ला गोरो वर्णको हेर्दै बलिया थिए किन नहुनु बलिया पनि कबड्डीका खेलाडी जो थिए। यता म भने दुब्ली पातली होचि काली काली थिए। केटा हरूको नजर खास्सै म माथि पर्दैन थियो। नोट माग्न र केही नजानेको कुरा सोध्न बाहेक म सँग कोही बोल्दैन थिए। कक्षाको उत्कृष्ट विद्यार्थी भएका कारण मलाई सानो मन्तव्य राख्न लगाइएको थियो। मन्तव्य दिई सकेपछि मलाई धेरैले कस्तो राम्रो बोलेकि, कति मज्जाले बोल्दो रहेछौ भनेर कुरा गर्न थाले। शुरुमा त मलाई साहै अप्ठ्यारो लागेको थियो तर पछि म पनि खुलेर बोल्न थाले। सबैजना कार्यक्रममा रम्न थालेपछि अमृत र उसका साथि निक मेराका अगाडि आएर नाम सोध्न थाले.. म लाजले भुतुक्क भएँ र मसिनो स्वरमा भने… श्रेया… अनि हजुरको? भनेर प्रश्न गरे। मलाई नाम थाहा नभएको त होइन तर पनि के भन्ने के भन्ने भएर सोधेकी थिएँ नाम… मसिनो स्वरमा उत्तर आयो म अमृत अनि मचाहिँ निक। मुसुक्क हासे म। सोहा जिस्काउन लाग्छिन् मलाई। आँखा तरेर हेरे मैले सोहालाई जिस्काएको कारण। म रिसाएको थाहा पाएर जिस्काउन छोड्ड्छिन् सोहा मलाई। त्यसदिन कार्यक्रममा भन्दा पनि बढी अमृत र म हामी दुबैजनालाई एकअर्कामाधि ध्यान थियो। अमृत मलाई प्रश्न हरु गर्न थाल्छन्। अमृत सोध्न थाल्छन् घर कहाँ हो तिम्रो? ममी बाबा के गर्नु हुन्छ? कति जना छौ घरमा? भाई बहिनी कति? एकछिन त मलाई लागेको थियो कुनै गल्ती गरेकी थिएँ मैले र त्यसकारण मेरो केरकार गर्दै थिए अमृतले। म सबै कुराको उत्तर दिन थाले एक एक गर्दै र अन्तिममा भने म ड्याडी भन्ने गर्छु बाबा होइन भनेर। अमृत मलाई सोध्न थाल्छन् तिमीलाई कैदी जस्तो महशुस भयो होला होइन? म प्रश्न गर्छु किन यस्तो भन्नु भएको? मैले कैदीलाई केरकार गरेको जसरी प्रश्न गरिरहेको छु तिमीलाई त्यही भए। त्यसतै महशुस भएको भएतापनि हैन त्यसतो लागेको छैन भन्छु म। हामी दुवै जना हास्न थाल्छौं। कुरा गर्दागर्दै कतिबेला programme सकियो पत्तो नि हुँदैन.. पहिलो कुराकानी मा नै हामीले एक अर्काको phone number लिइसकेको थियौं। हामी दुबैलाई एउटा अचम्मको एहसास भएको थियो मनमा एकअर्काप्रति। मलाई त हुनु स्वभाविक नै थियो किनकी म त मन पराउँथे अमृतलाई। तर अमृतले कुरा गर्दा भनेका थिए तिमी सँग बोल्दा कस्तो आनन्द महसुस भईरहेको छ। आजै तिमी सँग बोलेको भएपनि वर्षों वर्ष देखि तिमी लाई चिनेको महसुस भयो मलाई। बोली राख्न मन लाग्यो तिमी सँग। थाहा छैन साँचो हो कि झुटो भनेर तर त्यतिबेला मैले अमृतको कुरा साँचो मानेको थिएँ। प्रोग्राम सकिएपछि दुबैजाना आफ्नो घरतर्फ लाग्यौं हामी। म अरु दिनभन्दा आज निकै नै खुसी थिएँ। खुसी नहुनको लागि आज कारण केही थिएन म सँग। अमृत सँग बोल्न पाएकी थिएँ, खुसी हुनलाई त्यही एउटा कारण काफी थियो। घर पुर्गे कपडा फेरें हात मुख धोएर ममीलाई भान्सामा सगाउन थाले। ममी लाई भान्सामा सगाउन थाले पनि मन जति पुरै मोबाइलमा थियो, कतै कल म्यासेज आएको छ की भनेर। खाना पकाउँदा यति धेरै चोटी मोबाइल हेरेको थिएँ, ममीले कराउनु भएको थियो मलाई मोबाइल हेरेको हेरेकै गरी भनेर। खाना खाइसकेपछि भाँडा माझेर आफ्नो कोठा तिर लागे म। ममीले कराएपछि मोबाइल कोठामा लगेर राखेको थिएँ मैले। कोठामा गएर मोबाइल हेर्दा देखे कि अमृतको कल अनि म्यासेज आएको रहेछ। हत्तनपत्त message reply गरे मैले। जुन खुशी message र कल देखेर लागेको थियो त्यो खुशी म शब्दमा बयान गर्न सक्दिन। अब यहाँ बाट हाम्रो प्रेम सम्बन्धको सुरुवात हुन थाल्छ। हामी रातभरि call अनि म्यासेजमा बोल्न थालेका थियौं। कहिले रातीको १ बज्यो त कहिले बिहान भई सकेको हुन्थ्यो। हाम्रो दिन चर्या आजकल दिन भरी विद्यालय र रात परेपछि मोबाइल भईरहेको थियो। एस्तै भइरहन्छ कर्यो दिन सम्मा हामीलाई महसुस भइसकेको थियो कि हामी एकअर्कालाई मन पराउँछौ भनेरा महसुस भएतापनि हामीहरुले एकअर्कालाई । love you भनेका थिएनौँ। बिस्तारै दिनहरू बित्दै जान्छ। हामी घरमा जति बोलेपनि विद्यालयमा एकअर्कालाई चिन्दै नचिनेको जस्तो गौँ। तर घरमा भने हामी बिच घण्टौँ घण्टासम्म कुराकानी हुन्थ्यो। यसको असर बिस्तारै मेरो पढाइमा देखिन थालेको थियो। समय यति छिटो बिति सकेछ थाहा नै भएन मलाई। valentine's day आईसकेको थियो। valentines day यही दिन अमृतले मलाई प्रपोज गरेका थिए। त्यस दिन राति अमृतले कल गरेर श्रेया तिमीलाई एउटा जरुरी कुरा भन्नु छ भनेका थिए। म आत्तिएको थिएँ के रहेछ जरुरी कुरा भनेर।। am in love with you shreya भनेका थिए र मैले पनि I am also in love with you भनेर भनेकी थिएँ। अब झन् हामीहरुबीच रातभरि दिनभरि कुरा हुन थाल्छ। अमृतको SEE आउदै चियो भने मेरो कक्षा 9 को परीक्षा।
अब हामीहरु पढाईमा ध्यान दिने भन्छौं र मोबाइलमा बोल्न अलि कम गर्छौँ। मलाई पढाइमा ध्यान बिलकुलै जाँदैन थियो। पढ्न बस्दा पनि अमृत सँगै बोली राख्न मन लाग्ने हुनथाल्यो। म पढाइमा ध्यान दिने सकिराको पिडुन। यसको असर मेरो result मा पर्यो। कक्षा आठमा उत्कृष्ट अङ्क ल्याएकी मैले कक्षा-9 मा बल्लतल्ल पास मात्रै भएकी थिएँ। मेरो रिजल्ट देखेर शिक्षकहरु र आमाबुबा दङ्ग पर्नु भयो। यसो त हुनै सक्दैन भन्नुहुन्थ्यो शिक्षकहरु। सबैले मलाई कराउन थाल्नु हुन्छ। उता soha भने उत्कृष्ट अङ्क ल्याएर पास भएकी थिइ। मलाई महसुस त हुन्छ आफ्नो पढाइ बिग्रिएको तर पनि पढाइमा ध्यान दिइराखेको थिइन मैले। छोरीको एक्कासी यसरी पढाइ बिग्रिएको देख्दा ममी ड्याडी अचम्मित का साथ दुखी पनि हुनु भएको थियो। ममीलाई लाग्न थालेको थियो कि यो सब मोबाइलका कारण भइरहेको छ भनेर। उहाँले मसँग बाट mobile लिनुभयो। ममीले मलाई mobile छुन पनि दिन छोड्नु भयो। अब यसै त विद्यालयमा नबोल्ने हामीहरुको भेट पनि हुन छोडेको थियो। यस्तोमा ममीले mobile लिदा मलाई झन् धेरै गाह्रो हुन थालेको थियो। मलाई लत लागिसकेको थियो, अमृत सँग जतिबेला पनि बोली राख्नुपर्ने भएको थियो तर मोबाइलबाट त अब सम्भव नै भएन। उता अमृतको SEE को परीक्षा सुरु हुन केही दिन मात्रै बाँकी थियो, मैले लुकेर ममीको मोबाइलबाट अमृतलाई कल गरेर परीक्षा राम्रोसँग दिनु भने। उनका सबै परीक्षाहरु राम्रो गएको थियो। अब हामी दुवैको केहीदिन बिदा भयो र हामीले घुम्न जाने सोच बनायौँ। तर कहाँ सबैथोक सोचेको जस्तो हुन्छ र हाम्रो सोच सफल हुन सक्दैन। मलाई घरबाट कहि जान दिनु हुँदैन ममी ड्याडीले। मेरो छुट्टी यत्तिकै सकियो र कक्षा दशमा भर्ना पनि गरिदिनु भयो ड्याडीले। अमृतले अब छुट्टीमा घरमा केहि गरेर बस्ने भनेर ट्युसन पढाउन थालेका थिए गाउँकै केटाकेटीहरुलाई। यतिबेला हामीहरु कलमा बोल्न छोडेका थियौं म सँग mobile नभएका कारण। कल मा बोल्न छोड्ने बित्तिकै विद्यालयमा हल्ला सुनिन थालेको थियो अमृतको कोही एलिजा नाम गरेकी केटी सँग सम्बन्ध छ भनेर। सुरुसुरुमा त मैले बेवास्ता गरेको थिएँ यस्तो त गर्न सक्दैनन् अमृतले भनेर तर कताकति मनमा लागेको थियो यो हल्ला मात्र त होइन। यस्तो हल्ला सुनिन थालेको 1-2 हप्ता हुन थालिसकेको थियो। मैले ममीसँग अवदेखि म पढाई विगार्दिन भन्ने सर्तमा mobile मागे र ममीले पनि विश्वास गरेर दिनुभयो mobile मलाई। mobile पाउनेबित्तिकै उनी अमृतलाई call गरे र त्यस हल्लाको बारेमा सोधपुछ गर्न थाले। मैले भनेः यो सब के हो? को हो यो एलिजा? के सम्बन्ध छ हजुरको यो केटी सँग? amrit भन्छन्, सानी त्यस्तो केही होइन! केही सम्बन्ध छैन मेरो केटीसँग बोल्न आएर म बोलेको मात्रै हुँ त्यसतो केही छैन हामी बिचा तिमी धेरै नसोच न। विश्वास छैन तिमीलाई म माधि? यति सुनेपछि मलाई नराम्रो लाग्छ र मन मनै भन्न थाल्छु कि मैले यस्तो भनेर उहाँलाई कति नराम्रो लाग्यो होला, यति धेरै माया गर्नुहुन्छ मलाई। अनि मैले भनेः छ विश्वास हजुर माथी! आफूमाथि भन्दा बढी विश्वास म हजुरलाई गर्छु। हुनपनि अन्धविश्वास नै गर्थे म अमृत माथि र अमृतले एकचोटी नै यस्तो होइन भन्नेबित्तिकै विश्वास गरेकी थिएँ मैले। एक दुई दिन त मेरो मन शान्त भयो यस्तो केही होइन हल्ला मात्रै हो भनेर। तर यो कुरा एकदमै फैलन्छ र मलाई लाग्न थाल्छ चुरोट न सल्काई धुवा कसरी आउँछ? म बोल्न नै छोडिदिए अमृतसँग। अमृतले पनि 1-2 दिन कोसिस गर्छन् मसँग बोल्न तर म नबोलेपछि कोसिस गर्न नि छोडिदिन्छन् अमृत। अब हामीहरुको बिच बोलचाल हुन बन्द हुन्छ। मलाई धेरै नै गाह्रो हुन्छ अमृत सँग नबोली बस्न। 2-3 हप्ता सम्म त हामीहरूको बोलचाल नै हुँदैन। यस्तै यस्तैमा सरस्वती पूजा आउँछ र हामी दुई जनाको भेट हुन्छ विद्यालयमा। अमृत निकै अघि पछि लाग्छन् मेरो बोलन सानी भन्दै। निकै बेर र त म सुनेको नसुने के गरि रहन्छु। तर बोल्न मलाई पनि मन लागिरहेको थियो। र अमृतले अतिनै गरेपछि केहि शिप नलागेर बोल्छु म अमृत सँग। म भन्छुः किन काम नपाएको हजुरले मलाई बोल्नु छैन हजुरसँग ! amrit भन्छन्ः मलाई हेरेर भन त बोल्नु छैन हजुर सँग भनेर म अमृतलाई हेर्दै भन्छुः छैन! आशु खसि नै हाल्छ आँखाबाट मेरो। त्यहाँबाट जान खोज्छु म तर अमृत हात समाउँदै रोक्छन् मलाई। मेरो कुरा पनि सुन्दिनौ तिमी? अरुको कुरा सुनेर मसँग बोल्न छोड्छौ तिमी? मेरो कुरा राख्ने एक मौका पनि दिन्नौ तिमी मलाई? केहि बोल्दिन म र त्यहीं अमृतको नजिकै बस्छु। अमृत मेरो आँशु पुछिदिँदै तिनीहरू दुवै बिच सम्बन्ध नभएको र आफूतर्फ बाट त झनै त्यस्तो केही नभएको भन्छन्। tution पढाउँदा पढ्न आएकी र अमृतलाई मन पराउँदि रहिछे एलिजाले। यो थाहापाइसकेपछि अमृतले तिनलाई tution पढ्न नआउ र आफु पनि बोल्न छोडेको रहेछन्। त्यस्तो केहि नभएको र त्यस केटीसँग बोल्न पनि छोडेको भनेपछि म खुसी भएँ र हामी फेरि पहिला जस्तै भयौं। समय सँगै सबैथोक ठिक नै भइरहेको थियो तर भन्छन् नि राम्रो कुरामा कसै न कसैको नजर लागि नै हाल्छ। यसपछि सुरु हुन थाल्छ हाम्रो जीवनमा बज्रपात महिना थियो भदौको विद्यालयमा कक्षा दशका विद्यार्थीलाई अलि कडाइ गर्न थालेका थिए। बिहान- बेलुकीको coaching अनि दिन भरी class। अव म अमृतलाई पहिलाकै जसरी समय दिन भ्याउँदैन थिएँ। तर पनि बिहान class जानुभन्दा पहिले अमृत सँग म्यासेजमा बोलेर जान्थे म। बिहानै विद्यालय गएको म नौ बजे खाना खान घर आउँथे अनि गहिहाल्थिन् स्कूल। double pressure थियो म माथि एउटा त ममी ड्याडीको भरोसा फेरि जित्ने अनि अर्को पहिलाको जस्तै पढाइ राम्रो बनाउने। रात पर्थ्यो स्कुलबाट फर्किदा। फर्किएलगत्तै खाना खान्थें अनि लाग्थें कोचिङ र स्कूलको गृहकार्य गर्न। कोचिङ र स्कूलको गृहकार्य गर्दागर्दै रातिको 10-11 बज्यो। कहिले अमृत सँग बोल्दै गृहकार्य गर्दै त कहिले गृहकार्य गरिसकेपछि बोल्थें अमृत सँग। समय दिन सकिरहेकी थिइन मैले पहिलाको जसरी। म गणितमा अलि कमजोर थिएँ। हिसाब हरु धेरै गाह्रो लाग्थ्यो मलाई झन् algebra को त्यो prove that वाला प्रश्नलाई त आफ्नो दुस्मन नै मान्थे म। अमृत सिकाइ दिन्थे मलाई… अमृतको सहायताले मलाई अलि सजिलो लाग्न थालेको थियो algebra को त्यो prove that..। अमृतले एक वर्ष लस गरेकाथिए म संगै पढ्छु अर्को वर्ष भनेर। मलाई भनेचाहिँ अमृत केही बदलिएको जस्तो लाग्दैचियो। अरुबेला time दिएनौ मलाई भनेर रिसाउने अमृत आजकल मेरो कलपनी उठाउँदैन थिए। उठाइहाले पनि बढीमा 5 मिनेट मात्रै बोल्ने गर्थे। घण्टौँ घण्टासम्म बोल्दा पनि नपुग्ने अमृत आजकल बोल्न नखोजेको देख्दा म धेरै दुःखी हुन थाले। हामीहरूको बोलचाल फेरि एकदम कम हुन थाल्यो।
मैले सोहालाई पो सब कुरा भने र सोहाले अहिले पढाइमा ध्यान देऊ exam सकिएपछि यो बारे कुरा गर्नु अमृत सँग भनेर सम्झाउँ छिन् मलाई। यसबीचमा अमृत कबड्डी खेल्न राजधानी काठमाडौँ गएका थिए। त्यहाँ पुगेपछि अमृतले मलाई call message केहिपनि गर्न छोडे। मलाई लाग्थ्यो training र गेम हरु ले व्यस्त भएर call गर्न नपाएका होलान्। हप्ता दिनसम्म call message केही नआए पछि र मैले सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुनसकेन। अरू 23 जना पनि गएका थिए विद्यालयबाट काठमाडौँ गेम खेल्न तिनैको phone number पत्ता लगाएर call गरे मैले र अमृतको मोबाइल हराएको थाहा पाएँ। तिनै साथीहरूको माध्यमबाट अमृतको हालखबर बुझे र call राखें। विद्यालयमा लगभग सबैलाई हाम्रो सम्बन्धको बारेमा थाहा हुन्छ। स-साना भाइबहिनीहरू पनि मलाई देखाउँदै यो त अमृत दाईको girlfriend हो भन्थे। अमृतले आफ्नो घरमा पनि भनेका थिए मेरो र आफ्नो बारेमा। दुद्द तीन चोटी बोलेकी पनि थिएँ म अमृतको आमासँग श्रेया। अमृतका दुइटा दाई र एक बहिनी थिए। बहिनीसँग र जेठो दाई संग साहै डराउँथे अमृत। बहिनीसँग पनि म बोलेकी बोलेकी थिएँ विद्यालयमै। exam मा कैयौंपटक बहिनी संगै परेकी थिएँ र परीक्षामा सबै कुरा बताइदिएकि थिएँ। अमृतको बहिनी पढाइमा कमजोर थिइन्। पढाइमा कमजोर भएको कुरा मलाई थाहा थियो त्यसकारण परीक्षामा सिकाइ दिन्थे बहिनीलाई। कतिचोटी warning पनि पाएकी थिएँ मैले यसरी सिकाई दिएको भएर। पढाइमा कमजोर भएपनि दौडमा चाहिँ एकदम तेज थिइन् बहिनी। अमृतलाई कबड्डीमा कसैले हराउन सक्दैन थिए भने बहिनीलाई दौडमा। अब मेरो SEE परीक्षा आइसकेको थियो। मैले आफ्नो पुरै ध्यान पढाइमा लगाउन थाले र मेरो सबै परीक्षा एकदमै राम्रो भएको चियो। अब छुट्टी भयो तीन महिनाको। कहाँ पढ्ने के गर्ने के पढ्ने भन्ने कुराले मलाई सताउन थाल्यो। विद्यालयमा diploma in agriculture र science पढाइ हुने भन्ने कुरा आउन थाल्यो। मेरो आमाबुवाले अब यही विद्यालयमा पढाइ हुनेभए बाहिर किन जानु भनेर त्यही पढ्न भन्नुभयो। ब्रिजकोर्स पनि त्यहीं पढाइ हुने भयो। अमृत र म दुवैले bridge course गर्ने भयौँ। मेरो सोच diploma in agriculture गर्ने थियो र अमृतले पनि म पनि त्यहि नै गर्छु भने। दुबैले एक नै पढ्ने भएपछि एकअर्कासँग धेरै समय व्यतीत हुन थाल्यो। हामीहरु चाहन्थौँ पनि त्यही नै कि एकअर्कासँग धेरैभन्दा धेरै समय व्यतीत गर्न। अब त विद्यालयमा teacher हरुलाई पनि थाहा हुन थाल्यो हाम्रो बारेमा। कोही शिक्षकले केही भन्नुभएन हामी दुबैजनालाई। दुवैको पढाइ राम्रो थियो र विद्यालयमा शिक्षक ले चाहने भनेको विद्यार्थीको राम्रो पढाइ त हो। साथीहरु खुब जिस्काउँथे हामीलाई।
म र अमृत कहिले एकअर्कालाई एक्लै छोड्दैन थियौँ। अमृतलाई त साथी हरु जहिल्यै त यसैगरी श्रेयाको पछिपछि लाग्छस् र भन्थे। तिमीहरूको ब्रेकअप भयो भने के गर्छौँ भन्थे साथीहरु। साथीहरूप्ले यस्तो भन्दा हामी एकअर्कालाई हेौँ र भन्थों breakup र हामी त्यो त कहिल्यै हुनसक्दैन सपनामा पनि हुन सक्दैन। सबैलाई लाग्थ्यो पनि त्यस्तै। प्राय त डाहा गर्थे हामी लाई देखेर। सबै राम्रो नै भहिराखेको बेलामा मेरो र अमृत को बारेमा मेरो घरमा थाहा हुन्छ, आफन्तहरूको मार्फतबाट। मेरो ममीलाई अमृतको बारेमा केही पनि थाहा हुँदैन र उहाँ अमृतको बारेमा सोध खोजमा लाग्नुहुन्छ। उहाँले थाहा पाउनुहुन्छ कि अमृत ठिक छन भनेर तर उ आफूभन्दा तल्लो जातको र परिवार ठिक नभएको पनि थाहा पाउनुहुन्छ। अमृतको आमा मगर र बुवा क्षेत्री। हामी चाहिँ उपाध्य बाहुन। सब थाहा पाउने बित्तिकै उहाँ मलाई बोलाएर सोध्न थाल्नु हुन्छ हाम्रो बारेमा। अमृतको बुवा धेरै नै रक्सी खानुहुन्थ्यो र यो कुरा गाउँ भरिकै सबै लाई थाहा थियो र मेरो ममी पहिलेदेखि भन्नुहुन्थ्यो रक्सी खानेको घरमा त म मेरो छोरी दिँदै दिन्न। उहाँले देख्नुभएको थियो आफ्नो आमाले दुख पाउनु भएको रक्सी दिएरै खाने बुवा भएका कारण। यसकारण उहाँ आफ्नो छोरीलाई यानि मलाई रक्सी खाने घरमा दिन चाहनुहुन्न थियो झन त्यहाँमाथि तल्लो जात। उहाँ मलाई सम्झाउन थाल्नुहुन्छ। परिवार थिक छैन जात मिल्दैन भन्दै तर म कहाँ सम्झिने वाला थिएँ । mummy भन्नुहुन्छ यो तेरो पढ्ने बेला हो यस्तो कुरामा नपर… पढाइमा ध्यान दे यो सब त पढाई सकिएपछि गरे भैहाल्छ नि। म भन्छु मम्मी सबैथोक मान्छु म हजुर ले भनेको पढाईमा पनि ध्यान दिन्छु तर म अमृतलाई छोड्न सक्दिन, धेरै सपना देखेका छौं हामीले। एक अर्का सँग विवाह गर्ने भनेका छौं। mummy सक्दिन अमृतलाई छोड्न म। मम्मी एकछिन त दङ्ग पर्नु हुन्छ मेरो कुरा सुनेर र उहाँ बुझ्नुहुन्छ अहिले मलाई सम्झाएर केही काम छैन केही बुड़ने वाला छैन मैले। मेरो आँखामा सहि गलतको नभएर मायाको पट्टी बाँधिएको छ। उहाँ केही भन्नु हुन्न र उन हिड्नु हुन्छ त्यहाँ बाट। म अमृतलाई फोन गरेर सबै कुरा भन्छु र रून थाल्छु मान्नुहुन्न घरमा हाम्रो बारेमा भन्दै। अनि अमृत मलाई सम्झाउदै भन्न थाल्छन् सानी यस्तै हो सबैको आमा बुवा। कसैले मान्नुहुन्न सुरुमै झन् हाम्रो त जात पनि मिल्दैन समय देउ ममी ड्याडीलाई पक्कैपनि बुझ्नुहुन्छ हाम्रो मायालाई उहाँहरुले। ममीले धेरै सम्झाउँदा पनि मैले नसम्झिएकी देखेर ममीले हार मानेर अहिले पढाइमा ध्यान दे बाँकी पछि हेरौला के हुन्छ भन्नुभयो। यति सुनेपछि म खुशी भएँ र मलाई अलिकति आशा लाग्छ कि ममी ड्याडीले मान्न सक्नुहुन्छ। SEE को रिजल्ट आउँछ म र सोहा दुवैले उत्कृष्ट अङ्क ल्याएर पास गरेका हुन्छौं। दुवै धेरै खुसी हुन्छौँ र काठमाडौ घुम्न जाने सोच बनाउँछन्। दुवैले घरमा सोध्छौँ र घुम्न जान तयार हुन्छौँ। सोहा, म र मेरो भाइ जानेभयौं काठमाडौँ। झरीको समय थियो असार साउन । सोहा बस्ने भइन् आफ्नो फुपूको मा र म र भाइ बस्ने भर्यो फुपूको मा। घुम्न गएका हामी कहाँ घुम्न पाउँथौ र झरीको समय भएका कारण काठमाडौंमा पानी परेको परेकै थियो। हामी हरुले घुम्न पाएनौँ र 1 हप्ता काठमाडौँ बसेर संगै फर्कियौं। केही दिनपछि विद्यालयमा इन्ट्रान्स हुन्छ भन्ने नोटिस आयो। agriculture पढ्ने रहर गरेकी थिएँ मैले तर अब ममी ड्याडीको करले गर्दा साइन्सको इन्ट्रान्स दिन्छु। मैले साइन्सको इन्ट्रान्स दिने भएका कारण अमृतले पनि साइन्सको नै इन्ट्रान्स दिने भए। दुवैको नाम निस्कियो इन्ट्रान्समा। अब कक्षा सुरु हुने भयो। science faculty मा जम्मा 10 जानाको admission भयो। जसमध्ये तीनजना हामी थियों अमृत, सोहा र म। दुई जना मात्रै बाहिरको विद्यालयबाट भर्ना भएका थिए। अब म अमृतको घरमा आउ जाउ गर्न थालिसकेकी थिएँ। यता मेरो ममी ड्याडीलाई यो बारेमा केही जानकारी भएको थिएन। म ममी लाई थाहा नहोस् भनेर धेरै साबधानी पूर्वक अमृतको घर जाने गर्थे। घरमा ममीले मलाई हामी दुवै जनाको बारेमा सोध्दा म बोल्न छोडिसकें अमृत सँग भनेर भन्ने गर्थे र मम्मीले यो कुराको विश्वास पनि गर्नुहुन्थ्यो मेरो। यता मेरो र अमृतको सम्बन्ध अझै प्रगाड हुँदै गरिरहेको थियो। कक्षा शुरु भएको पनि एक महिना भइसक्छ तर मलाई साह्रै गाह्रो हुन्छ पढ्नलाई। मलाई साइन्स पढ्न मन थिएन, ममी ड्याडीको करले मात्रै पढिरहेकी थिएँ। केही बुझ्दैन थिएँ म, physics मा के पढाइ भइरहेको छ, केमिस्ट्री मा के पढाइ भइरहेको छ केही थाहा पाउँदैन थिएँ, मलाई physics र केमेस्ट्री नै सबैभन्दा गाह्रो लाग्थ्यो र terminal exam मा म physics र केमेस्ट्री दुइटै विषयमा फेल पनि भएँ। म मात्रै नभएर कक्षाका सबै जाना फेल भएका थिए। मेरो physics मा त जम्मा 2 मात्रै आएको हुन्छ। यहाँ म धेरै डराउँछु रिजल्ट देखेर। घरमा ममी ड्याडीलाई पनि भन्दिन । कुन मुखले भन्थे र ममीलाई पनि, पढाइ बिगार्दिन पढाइमा ध्यान दिन्छु भनेकी म आज फेल भएकी थिएँ। जिन्दगीमा पहिलो पटक फेल भएकी थिएँ म। घर result नभन्नको कारण गाली खाने डर पनि थियो। केही दिन सम्म त रिजल्ट लुकाउन सफल भएँ तरपनि ममीले रिजल्टको बारेमा थाहा पाई हाल्नु भयो र मलाई धेरै कराउनु भयो। मैले पढाएको केही नबुझेको र सारै गाहों लागेको कुराहरु ममीलाई भने। र अबदेखि पढाइमा राम्रोसँग ध्यान दिन्छु पनि भने। उता भने अमृतको पढाई राम्रो नै चियो म सँग compare गर्दा त। अमृतको घरमा मलाई सबैले बुहारी मानिसकेका थिए। अमृतको घरपनि गरिराख्ने गरेकी थिएँ मैले। त्यहाँ घर वरिपरिका सबै मान्छेले अमृत र मेरो बारेमा थाहा पाइसकेका थिए र मलाई त्यहाँ जान गाहों हुन थालेको थियो। मेरो भेट अमृतको आमा भाउजु र बहिनी संग मात्रै भएको थियो। हामी हरु संगै घुम्न जाने र धेरैभन्दा धेरै समय एकअर्कासँग बिताउने गथौं। सबै ठिक हुँदा हुँदै एक्कासी अमृतको आमाको मृत्यु भयो। यसपछि हामी हरु दुवै बिच झगडा सुरु हुन थाल्यो पनि। मैले अमृत अरु केटीहरुसँग पनि बोल्ने गरेको थाहा पाउँछु।
अमृत कबड्डीको खेलाडी थिए र गेम को लागि बाहिर जाँदा भेट भएका केटीहरुसँग flirt गर्नेगरेको थाहा पाएँ। हरेक केटीलाई तिमी कति धेरै राम्री मेरो girlfriend बन भन्ने गरेको थाहा पाएँ मैले। हाम्रो सम्बन्ध कक्षा 11 को सुरुवातमा त राम्रो चियो। अमृत एकछिन पनि एक्लै छोड्दैन थिए मलाई। Agriculture र science को कक्षा एकै ठाउँमा थियो। agriculture मा नयाँ भर्ना भएका केटीहरु म र अमृतलाई देखेर डाहा गर्थे। सबैजना म र अमृत जस्तै हुन चाहान्थे। सबै भन्थे अमृत कति धेरै लक्की छ श्रेया जस्तो माया र care गर्ने प्रेमिका पाएको छ। कोही मेरो अगाडि अमृतको बारेमा एक शब्द नराम्रो बोल्न सक्दैन थिए। कसैले केही नराम्रो बोली हाल्यो भने धेरै कराउथें त्यस मान्छेलाई मा म कस्ती थिइन् भने एकचोटी अमृतलाई निकै चोट लागेको चियों कबड्डी खेल्दा र त्यस खेल विद्यालय मै भएको थियो। अमृतलाई चोट लागेको देखेर धेरै रोएकी थिएँ म। सबैले देखेका थिए मेरो माया अमृतको लागि। अमृतको बारेमा यस्तो सुन्दा विश्वास नै गर्न सकिरहेकी थिइनँ म । र मैले अमृत लाई नै यो बारेमा सोध्ने निधो गरें। मैले अमृतलाई यो बारेमा सोध्दा त्यस्तो केही पनि होइन भने र पहिलाको जसरी नै मैले विश्वास पनि गरिहाले। (तर काश यो सब हल्ला नै भइदिए र साँचो नभइदिएको भए सम्बन्ध अहिले अर्कै हुन्थ्यो हाम्रो) निकै समयसम्म म यो कुरा विश्वास गरिनै रहन्छु। तर एकदिन मैले अमृतको facebook id लगइन गरेर हेर्छु। योभन्दा पहिले कहिले पनि facebook id खोलेकि थिइन मैले अमृतको। मलाई कहिल्यै जरुरत नै परेको थिएन ।d खोलेर हेर्नुपर्ने। सोहाले एकचोटी आईडी खोलेर हेर न त भनेको भएर हेर्दै थिएँ मैले। id खोल्दा मैले जे देख्छु त्यो सबै मलाई यहाँ शब्दमा उतार्न धेरै गाह्रो भइरहेको छ। अहिले पनि त्यो सम्झिदाँ आफैं संग घृणा भएर आउँछ। अमृत अरु 3 4 जना केटीहरु सँग बोलिरहेको देखें मैले। सुरुमा chat खोलेर हेर्छु मात्रिका अर्याल संगको। त्यहाँ देख्छु मात्रिका सङ्गका बोलेका शब्दहरु र nude picture हरु। विश्वास गर्न सकिरहेकी हुन् म यो सब। यसपछि अर्को chat हेर्छु अनु संगको। त्यहाँपनि सबै त्यही नै हुन्छ। छाँगाबाट खसेको जस्तै हुन्छु म। जसलाई एति धेरै विश्वास गर्थे म उसैले मेरो विश्वासको मजाक बनाइरहेको थियो। मलाई धेरै नै गाह्रो भइरहेको थियो। सोहा लाई कल गरेर बोलाउँछु र यो सब कुराहरु देखाउँछु। सोहालाई पनी यो सब विश्वास गर्न धेरै गाह्रो भइरहेको थियो। विश्वास त गर्न परिनै हाल्यो आँखा अगाडि सबैथोक त थियो। सोहा मलाई धेरै सम्झाउँ छिन् र साँझ परेपछि आफ्नो घर तिर जान्छिन्। कति दिनसम्म त मलाई अमृतलाई यो सोध्ने हिम्मत पनि आएन। सबै कुरा थाहा भएर पनि थाहा नपाएको जस्तो गरिरहेको थिएँ म।
यो कुराबाट मेरो मन र दिमाग शान्त भएको थिएन अर्को कुरा सुन्नमा आउँछ फेरि.. यससँगै कलेजमा पढ्ने उमा नाम गरेकी केटी संग अमृतको सम्बन्ध रहेको। अमृतको आमा रहुन्जेल सम्म त मलाई आश थियो आमाले सम्झाउनु हुन्छ अमृतलाई भनेर तर अब कसलाई भन्ने अमृतलाई सम्झाउनु भनेर म आफु त सम्झाउन सक्ने स्थितिमा थिइन। साथीहरू लाई भने अमृतलाई सम्झाउन। मैले थाहा पाएँ अमृत रातभरि उमाको घरमा जाने गर्थे र त्यहीं सुत्ने गर्थे। यो सब मलाई साथीहरुले भन्ने गरेका थिए र सम्झाउँथे मलाई छोड्दे त्यसलाई तँ त्यो भन्दा पनि धेरै राम्रो deserve गर्छस्। तर यो मन कहाँ मान्थ्यो र। यो सब सुनेर पनि केही सोध्न सक्ने हिमत आएन ममा। कैयौं दिनसम्म बोल्दा पनि बोलिन म अमृत सँग। केही दिनपछि हिम्मत जुटाएर बल्ल म अमृत संग थप कुरा सोध्न थाल्छु र अमृत भन्छन्; यो सब timepass मात्रै हो तिमी हौ मेरो श्रीमती। यस्तो कुरा सुनेर म धेरै नै रिसाउ छिन् र कक्षाका साथीहरुकै अगाडि 3 4 झापड हान्छु अमृत लाई र म धेरै रुन थाल्छु, म रोएको देखेर अमृत मलाई बेसरी अंगालो हाल्छन् र अमृत नि रुन थाल्छन्। अमृत भन्न थाल्छन् म त्यस केटीलाई छोडिदिन्छु र कहिले पनि बोल्दिन भनेर कसम खान्छन् मसँग। म फेरि एक अन्तिम चोटि अमृतको कुरामा विश्वास गर्छु। किनकि म अमृतलाई हद भन्दापनि बढी माया गर्दथे। यो सबै भएको केही दिनपछि म थाहा पाउँछु कि अमृत त्यस केटीसँग बोल्न छोडेका छैनन् भनेर। त्यस केटीलाई दोष दिन त नहुने हो तर पनि जबकि उमा लाई थाहा थियो अमृत मसँग प्रेम सम्बन्धमा थिए भनेर त्यही पनि उमा अमृत सँग सम्बन्ध कायम नै राख्न चाहन्थिन्। मैले यो सब थाहा पाइसकेपछि उमाको number लिएर त्यसलाई call गर्छु र कराउन थाल्छु। जबकि तिमीलाई थाहा छ सबथोक किन पछि परेको छौ अमृतको, नबोल उ सँग उसलाई छोडिदेउ, एउटा केटी भएर अर्को केटी को दुख कसरी देख्न नसकेको तिमीले आदि इत्यादि…. केही बोल्दिनन् उर्मिला सुनी रहन्छिन् र अन्तिममा यतिमात्रै भन्छिन कि दिदि आज देखि म बोल्दिन अमृत सँग हजुर ढुक्क हुनुहोस् र मलाई माफ गरिदिनु होस्। धेरै कराएकी थिएँ मैले उमालाई। मलाई आफुलाई धेरै नराम्रो लागिरहेको त हुन्छ उमा लाई यसरी कराएकोमा तर पनि मान्छे त हो आफूले माया गरेको मान्छे फिर्ता पाउन गलत काम, आफूलाई नराम्रो लागिरहेको काम पनि गर्दारहेछन् मान्छेले। यो सधै सुनेकी थिएँ मैले तर विश्वास गर्दैन थिएँ, तर आज म आफैले गरिरहेकी थिएँ यो सब। कक्षामा हल्ला सुनिन थाल्छ उमा अमृत सँग बोल्न छोडेको भनेर। केही हदसम्म मेरो मन शान्त हुन्छ। यो त एउटा केटीको कुरा मात्रै थियो फेसबुकमा बोल्ने अरु केटीको बारेमा त म सोच्न पनि सकिराखेकी थिइन। यसपछि म अनु सँग कुरा गर्न थाल्छु अमृत बनेर। हर सम्भव प्रयास गर्छु कि अनु अमृतको जीवनबाट जावोस् भनेर केही हदसम्म सफल भएतापनि पूर्णरूपमा सफल हुन सक्दिन म। आफ्नै id बाट म्यासेज गरेर अमृतको जीवनबाट जान आग्रह गरिरहेको थिएँ म। तर कहाँ सबै कुरा भनेको जस्तो हुन्थ्यो र! हर कुराको प्रयास गरिरहेको थिएँ म अमृतलाई पाउन को लागि। अमृत लाई भने मैले त्यस्तो गरिरहेको छु भन्ने कुराको केहिपनि जानकारी हुंदैन। अमृत लाई यही नै लागिराखेको थियो मैले अमृतको कुरा विश्वास गरे भनेर। मैले अर्को कुरा थाहा पाउँछु कि अमृत र उर्मिलाको बिच शारीरिक सम्बन्ध कायम भइसकेको रहेछ भनेर र यो कुरा मलाई अमृत आफैले भनेका थिए। एक दिन श्म कलमा amrit सँग बोली राखेकी थिएँ। म भनी राखेको थिएँ कसरी गर्न सकिरहेको छौ यो सबै सपना देखायो संगै जिउने मर्ने कसम खायौ अनि अहिले आएर यस्तो गरिरहेको छौ। मर्छु म तिमी बिना एक पल सक्दिन म तिमी बिना बाच्न।
यही कुरा हुँदा भनेका थिए अमृतले मलाई आफूले उमासँग शारीरिक सम्बन्ध कायम गरेको। म दङ्ग परेकी थिइन् अमृतको कुरा सुनेर। दङ्ग के भन्नु छाँगा बाट खसेको जस्तै भएको थिएँ। घरपरिवारको विरुद्धमा गएर अमृत सँग सम्बन्ध राखेकी थिएँ मैले। आफूभन्दा बढी विश्वास गरेकी थिएँ। ममी ड्याडीले नमाने पनि कुनैपनि हालतमा मनाउने अठोट गरेकी थिएँ मैले। आफूभन्दा बढी विश्वास गरेको थिएँ मैले र अमृतले त्यो विश्वास तोड्नु भन्दा अगाडी एकचोटि पनि सोचेको थिएन अमृतले, मैले के गरे उसको लागि भनेर। घरबाट लुकाई लुकाई ल्याएर पैसा दिन्थे म अमृत लाई। आफुलाई खाजा खान दिएको पैसा, केही किन्न दिएको पैसा जोगाएर राख्थे म र अमृतलाई ल्याएर दिन्थे। आफुलाई मन लागेको खानेकुरा, मनपरेको सामान किन्दैन थिएँ म पैसा जोगाएर अमृतलाई दिनको निम्ति। यति सब भई सक्दा पनि अमृत भन्थे म छोडिदिन्छु उमालाई कक्षा १२ सकिएपछि र तिमी सँग नै विवाह गर्छु। यो सुनेर म रिसले पागल जस्तै हुन्छु। कस्तो मान्छे संग माया लगाए छु मैले जसले मेरो लागि कहिले सोचेन। एउटा कठपुतली सोच्यो। मेरो feelings को कदर गरेन। अब यसले मसँग जे गर्यो त्यही उमासँग गर्न खोजिरहेको छ। यस्तो मान्छेको लागि मैले आमा बुवालाई रुवाए, भनेको मानिन.. धिक्कार छ म माथि। ममी ड्याडीले यस्तो छोरी deserve गर्नु हुन्न। म किन मर्नु त्यसको लागि जसले मलाई कहिल्यै बुझेन र मेरो माया सम्झिएन। म केही बोल्दैन थिएँ। पागल जस्तै भइसकेकी थिएँ म। ममी ड्याडीलाई यो बारेमा केही पनि थाहा थिएन। घरमा पनि लुकीलुकी रुन्थे म, खाना खान्नथे। बिरामी भएको नाटक गर्थे college नजान को लागि। म त्यस केटा सँग बोल्न छोडिसकेको थिएँ। कलेजमा अमृतले मेरो बारेमा नराम्रो भन्दै हिड्न थालेको थियो। म केही गर्न सक्दैन थिएँ।… कसैलाई केही भन्दैन थिए र मेरो कुरा कसैले सुन्दा पनि सुन्दैन थिए। मेरो कोही साथी थिएनन्। घरमा पनि केही भन्न सक्दैन थिएँ म। यत्तिकै महिनों दिन बित्छ, अमृतले मलाई दुख। दिन्न अझै छोडेको थिएन। कक्षा 12 को exam आइसकेको थियो। म सबै कुरा भुलेर आफ्नो पढाई तिर ध्यान दिन सुरु गरें। कलेजमा यी दुईको धेरै चर्चा हुन्थ्यो म सुन्थे तर आफूलाई केही फरक नपरेको जस्तो गर्थे। मलाई फरक त पर्थ्यो नि भित्रभित्रै मर्दै गइरहेकी थिएँ। सबैसँग बोल्न छोडिसकेकी थिएँ, डिप्रेसनको सिकार भही सकेकी थिएँ म। कक्षा 12 को exam सुरु हुन थालेको हुन्छ र मैले थाहा पाएँ अमृतले त्यहि उमा नामको केटीसँग विवाह गरिसकेछ। मलाई झन् धेरै नराम्रो लाग्छ र बल्लतल्ल exam दिन जुटाएको हिमत पनि त्यहीं सकिन्छ। म कति दिनसम्म ओछ्यानबाट उड्दिन। ममी ड्याडी धेरै टेन्सन लिन थाल्नु हुन्छ, exam आइसक्यो छोरीको हाल यस्तो छ कसरी दिन्छे exam भनेर। ममी ड्याडीले यति धेरे टेन्सन लिएको देखेर म ओछ्यानबाट उठेर पढ्न शुरु गर्छु। exam दिन जान्छु म। र त्यहाँ देख्छु उनीहरु दुईजनालाई उमा रातै सिन्दुर लगाएर हातमा चुरा लगाइ भर्खर विवाह भएको जसरी exam दिन आएकि हुन्छे। म हिम्मत जुटाएर exam दिन exam hall तर्फ जान्छु। exam राम्रैसँग दिन्छु र घर फर्केर आउँछु। सबै exam मेरो यसैगरी नै सकिन्छ। घरपरिवारको विरुद्ध गएर मैले माया लगाएकी थिएँ धोका पाएँ। जसलाई मैले आमाबुवा भन्दा पनि माथि राखेकी थिएँ, त्यसले नै मलाई धोका दिएको थियो। मैले त्यस केटासंग बिबाह पनि सपना देखेकी थिएँ र नराम्ररी धोका पाएँ। अब बल्ल मलाई पछुतो हुँदै थियो ममी ड्याडीको कुरा मान्नु पर्ने रहेछ त्यति नै बेला, मानेको भए यति धेरै दुख पाउँदैन थिए मैले भनेर। बल्ल बुझ्दै थिएँ म आमाबाबु बाहेक अरु कोही ठूला हुँदैन रहेछन् जीवनमा। बल्ल उनको जीवनमा खुसी आउँदै छ। depression बाट मुक्त भएकी छु। आमाबुबाको सपना पूरा गर्नका लागि दिन-रात मेहनत गरेर पढ्दै छु र एकदिन अवस्य नै सपना पूरा गर्छु भन्ने अठोट गरेकी छु। अहिले मेरो जीवनमा आमाबुबा बाहेक अरु कोही छैनन्। म खुसी छु र अब सोचेर र मान्छे चिनेर साथै आमाबुबाको मन्जुरीमा मात्रै सम्बन्धमा रहने बाचा गरेकी छु आफुसँग।
Comments (0)
No comments yet. Be the first to comment!
Sign in with Google to leave a comment