चन्द्रनगर भन्ने सानो गाउँमा दुई परिवार थिए। दुई परिवार बीच एकदमै घनिष्ठ मित्रता थियो। उनीहरु एकै उमेरका एक छोरा र एक छोरी थिए। उनीहरु एकै उमेरका भएको कारण एकदमै मिल्थे एक आपस मा, सँगै खेल्ने, खाने, पढ्न जाने सबै सँगै। उनीहरूका बाबा आमा पनि यिनीहरूको विवाह गराइदिनु पर्छ है पछि भन्नुहुन्थ्यो।
उनीहरु को बाबा आमाले उनीहरु लाई कहिले कहीँ जिस्काउनु पनि हुन्थ्यो तिमी हरू दुवै जना को बिहे गरिदिने हो हामीले भनेर। उनीहरु लाई के थाहा विवाह भनेको के हो, कस्तो हो, ज होस् उनीहरु लाई एकअर्का सँग समय बिताउन एकदमै मन पर्थ्यो। उनीहरु ठूलो हुँदै गए, एउटा ले जे पढ्यो अर्को पनि त्यही नै पढ्ने, दुवै ले एउटै संकाय पदे, पास भए, छुट्टी भयो, दुवै घर आए।
अब उनीहरु ठूलो भइसकेका थिए, यो पाली भने बाबा आमा ले नजिस्की उनीहरु लाई अब तिमी हरू को बिहे गर्न पर्छ भन्नु भयो तर त्यति बेला उनीहरु दुवै जना विवाह गर्न चाहँदैन थिए, उमेर धेरै पनि भएको थिएन, दुवै पहिला आफ्नो खुट्टा मा उभिन चाहन्थे। उनीहरु ले बाबा आमा लाई पनि त्यही नै भने अझै चार पाँच वर्ष बिहे गर्दैनम् हामी, जिद्दी न गर्नुहोस हजुर हरु। उनीहरु अझै पनि सबै कुरा सँगै गर्थे। त्यो दिन पनि उनीहरु घुम्न गए। प्रवेश ले प्रविना लाई मोबाइल मा एउटी केटी को फोटो देखाउँदै ओय यो केटी कस्ती छे भन त भन्यो। प्रविना ले भनी राम्री नै छे त किन र? मलाई यो केटी कति धेरै मन पर्छ, मैले यसलाई प्रपोज नी गरे उसले पनि आफू ले मन पराउने भनी, प्रवेश ले भन्यो। प्रविना चुपचाप भई उसको मुख बाट केही आवाज निस्किएन, प्रवेश ले के भयो भनेर सोध्दा केही होइन ल बधाई छ तँलाई भनि प्रविना ले।
प्रविना ले प्रवेश लाई मन पराउँथी, सानै देखि नै, आमा बाबा ले मजाक मा भने पनि उसको भने त्यो कुरा लाई मजाक न भएर साच्चिकै लिइरहेकी थिई। प्रवेश लाई भने यो कुरा थाहा थिएन। उसले प्रविना लाई आज सम्म यस्तो रूप मा हेरेको पनि थिएन, साथी हो सानै देखि को, हामी सँगै हुर्किएका हौं भन्थ्यो। साथी हरु ले कहिले कहीँ यस्तो राम्री छे प्रविना तँलाई कस्तो लाग्छ भनेर सोध्ने गर्थे, उसले राम्री त छे तर मलाई उ सँग विवाह गर्ने भावना आज सम्म आएको छैन मलाई उ मेरो बहिनी जस्तो लाग्छ भन्थ्यो। साथीहरु जिस्काउँथे तर उ रिसाउठ्यो।
उनीहरु दुवै घर फर्किए, प्रविना अरु दिन भन्दा अलि बढी नै सान्त थिएन, अनुहार पनि मलिनो देखिएको थियो। बाबा ले छोरि के भयो तिमी लाई आज भनेर सोध्नु भयो, उसले केहि होइन बाबा भनी, थाकेको छु एकछिन सुत्छु म भन्दै आफ्नो कोठा तर्फ लागिन्। बाबा लाई केही त भएकै छ भन्ने लागेर आमा लाई भन्नु भयो सोध त छोरी लाई आज के भएछ, अनुहार नी मलिनो देख्छु म, राम्रो सँग पनि बोलिने त्यो आज, कहिले अति बेला नसुत्ने मान्छे सुट्छु भन्दै गएकी छे पक्कै केही त भएकै छ। आमा ले पख्नु न त सोध्छु म भन्नु भयो र प्रविना को कोठा मा जानु भयो। आमा ले छोरि आज तिमी लाई के भएको छ भन त, कसले के भन्यो, कोही सँग झगडा पर्यो र की प्रवेश ले केही भन्यो र भन्दै सोध्नु भयो। सुरुमा त कोही पनि होइन भनी प्रविना ले तर आमा ले धेरै सोधिसके पछि भने प्रवेश ले त अरु नै कसै लाई पो मन पराउँदा रहेछन् भनी। हजुर हरु लाई पनि थाहा छ म सानै देखि प्रवेश सँग नै विवाह गर्न चाहन्छु भनेर, अनि हजुर हरु ले पनि सधैं हाम्रो विवाह गरिदिने भन्नु भयो तर अब यति बेला प्रवेश ले म अरु कसै लाई नै मन पराउँछु भन्दै त्यो केटी को फोटो देखाएर मलाई भन्दै थियो।
के मेरो बिहे हुन्न र अब प्रवेश सँग?
साच्चिकै अर्को केटी मन पराएको हो त प्रवेश ले?
प्रविना झन् धेरै रुन थाली। आमा म कुरा गर्छु पख न न आती छोरी भन्दै सम्झाउन लाग्नु भयो। बाबा ले पनि सबै कुरा सुन्नु भएको थियो। कुरा सकिए पछि आमा बाहिर निस्कनु भयो र फेरि बाबा लाई सबै कुरा सुनाउनु भयो। आमा बाबा भोलि बिहान प्रवेश को घर गएर उसको बाबा आमा सँग कुरा गर्ने भन्ने सोच्नु भयो।
भोलि बिहान भयो, कोही खुसी हुनु हुन्न थियो, सब को अनुहार मलिनो। आमा ले प्रविना लाई भन्नु भयो छोरी तिमी खाना बनाऊ बाबा र म एक छिन उता गएर आउँछौ है। प्रविना ले हुन्छ भनी। आमा बाबा जानु भयो कुरा गर्न को लागि भनेर। प्रवेश बिहानै कतै जान लागेको रहेछ। उसको प्रविना को आमा बाबा लाई देख्ने बितिकै के हो काका काकी आज त बिहानै आउनु भएछ त! केही काम थियो र! भनेर सोध्यो। उहाँ हरु ले पनि केही काम छैन यतिकै आएको नी, वल्लो घर बाट पल्लो घर जान एक मिनट नी लाग्दैन तिमी हरू आउँदैनौ, अब आफै आएको नी भन्नु भयो। अनि तिमी कता जना लागेको बिहान बिहानै, प्रविनाले त कतै जान छ भनेर भनेकी त छैने, कहाँ जाना लाग्यौं तिमारु बिहानै भन्नु भयो। प्रवेश ले आज म एक्लै जान लागेको, प्रविना लाई पनि थाहा छैन म जना लागेको छु भनेर त्यहिभएर होला, भन्यो। ल बस्दै गर्नु हजुर हरू म चाई निस्किए भन्दै उ निस्कियो। भित्र बाट प्रवेश को बाबा आमा पनि आउनु भयो। उहाँ हरु बसेर एकछिन यता उता को कुरा गर्नु भयो। अनि दुवै आमा हरु भित्र चिया पकाउन जानु भयो। प्रविना को आमा ले भन्नु भयो यी दुइटा को विवाह गरिदिने कुरा त गर्यौ हामी ले तर प्रवेश ले त अरु लाई नै मन पराउँछ भन्ने सुने त मैले भन्नु भयो। प्रवेश को आमा: के भन्नु हुन्छ कसले भन्यो यस्तो कुरा हजुर लाई?
अरूले भनेर मैले पत्याउने त हुँदैन हेर कान्छी प्रविना ले नै हिजो रुदै रुँदै प्रवेश ले अरु लाई नै मन पराउँछ भनी अनि म त त्यही कुरा गर्न भनेर आएको आज भन्नु भयो!
बाहिर बाबा हरु पनि यही बारे मा कुरा गर्दै हुनु हुन्थ्यो, आमा ले उहाँ हरु लाई भित्र बोलाउनु भयो। सबै सँगै बसेर अब के गर्ने भन्न थाल्नु भयो। उहाँ हरुको निष्कर्ष के निस्कियो भन्दा बेलुका प्रवेश आए पछि कुरा गर्ने। प्रविना को आमा बाबा आफ्नो घर तिर लाग्नु भयो। यो कुरा ले सबै चिन्तित हुनु हुन्थ्यो र सबै भन्दा बढी चिन्तित त प्रविना थिइन्। उसले त मनमनै सपना बुनेकी थिइन प्रवेश सँग विवाह गर्ने। प्रविना हेर्दा धेरै राम्री थिइन्। उसलाई धेरै केटाहरु को प्रेम प्रस्ताव हरु पनि आएको थियो, उसले तर सबै लाई
प्रवेश लाई मन पराउँछु भनेर पछि हटेकी थिइन्। उसलाई प्रवेश बाहेक अरु कोही चाहिएकै थिएन। त्यो दिन बेलुका प्रवेश घर आइपुग्यो, उसका बाबा आमा ले प्रवेश र प्रविना दुवै को बिहे गरिदिने, अहिले भने इन्गेजमेन्ट जस्तो गरेर पछि बिहे गर्ने कुरा निकाल्नु भयो प्रवेश को अगाडि। प्रवेश ले सिधै हुन्न भन्यो। म प्रविना लाई मन पराउँदिनँ। उसलाई म सधैं एउटा साथी को रूपमा मात्रै हेर्दै आएको छु, कसरी म उ सँग विवाह गरौं भन्यो। त्यहीबेला मा प्रविना घर को ढोका अगाडि आइपुगेकी थिइन् र प्रवेश ले भनेको सुनिन्। उ घर भित्र गई र म त तँलाई मन पराउँछु नी, सानै देखि त सँग नै बिहे गर्ने सपना देखें मैले, त बाहेक अरु कसै लाई हेरिन, के म राम्रो छैन हो? किन मन पर्दैन तँलाई म? काका काकी लाई म सानो हुँदा बेला देखि नै चिन्छु, उहाँहरू को ख्याल राख्दिन जस्तो लागेर हो तँलाई? मलाई उहाँहरू ले नै बढाउनु भएको हो त्यस्तो गर्छु जस्तो लाग्छ तँलाई?
धेरै प्रश्न हरु गरी प्रवेशलाई, प्रवेश सँग केही को उत्तर नै थिएन। उसले म तँलाई साथीको रूपमा मात्रै हेर्छु प्रविना, तँलाई थाहा छ त म अरु कसै लाई मन पराउँछु भनेर भन्यो। आमा बाबा बीचमा केही बोल्नु भएन उनीहरु दुइ जना कुरा गरून् भन्ने चाहनुहुन्थ्यो आमा बाबा पनि। प्रवेश को यस्तो कुरा सुनेर प्रविना रुन थाली। रुँदा रुँदा उ बेहोस नै भई। प्रवेश ले उसलाई घर पुरायो र आफू फर्कियो। बाबा आमा ले थाहा पाइसक्नु भएको थियो कि भएको भनेर। अब विवाह को कुरा त्यही नै सकिएको थियो। प्रवेश लाई जबर्जस्ती गर्न मिल्दैन थियो म प्रविना त्यस्तो गर्न चाहन्थिन्। ऊ अब घर भित्रै थुनिएर बस्न थाली, आमा बाबा लाई म प्रवेश बाहेक अरु कसै संग विवाह गर्दिनँ भन्नथि।
राती सपनामा पनि प्रवेश प्रवेश भन्दै उठ्ने गर्थि, उसको बाबा आमा यो देखेर एकदमै धेरै दुखी हुनु हुन्थ्यो।
यस्तै गरी दिन हरु बित्दै गयो। प्रविना को हालत सुधार पनि भएन। एकदिन सबै जना घरमा खाना खाएर बसिराख्नु भएको थियो, प्रवेश को बाबा आउनु भयो र छोरो त त्यही अर्को केटी संग बिहे गर्छु भन्छु म के गरौं भन न साथी भन्दै आउनु भयो। बाबा आमा के भन्ने के नभन्ने हुनुभयो। बाबा ले प्रविना तिर हेर्नु भयो छोरी हामी लाई माफ गरिदेउ त्यसलाई कुटेर पिटेर जबर्जस्ती गरेर त्यसको बिहे तिमी सँग गर्न मिल्ने भए म त्यो गतिसक्थे तर त्यस्तो गर्न नमिल्ने के गर्नु माफ गर्देऊ है छोरी भन्नु भयो। प्रविना ले होइन काका मलाई कसैको माया जबर्जस्ती चाहिएको छैन। हजुर ले म सँग माफी माग्नु पर्दैन, गराइदिनु त्यसको विवाह त्यही केटी संग नै हामी सबै आउँछौ विवाह मा भनी। आमा बाबा के बोल्ने के नबोल्ने नै हुन् हुन्थ्यो यति बेला सम्म। त्यपछि त्यहाँ बाट प्रवेश को बाबा जानु भयो। उता अब प्रवेश र सीता को विवाह को तयारी सुरु भयो। दुवै जना ले खुसी खुसी विवाह गरे।
विवाह सकियो पनि, प्रविना को आमा बाबा सबै विवाह मा जानु भयो। अब उनीहरूको घर गृहस्थी चलन थाल्यो। यता प्रविना भने अझै पनि प्रवेश लाई नै माया गर्थिन्। उसले अरु संग विवाह गरेको देख्दा उसलाई मर्न मन लाग्थ्यो। उसले कयौ पटक आत्महत्या गर्ने कोसिस पनि गरी तर बाबा आमा को के हुन्छ भन्ने सोचेर त्यो कदम उठाउन सकेकी थिइन। विवाह भएको केही महिना सम्म त उनीहरु दुबै जन एकदमै खुसी थिए। हाँस्ने, घुम्न जाने, प्रवेश ल सीता को लागि भनेर सधैं केही न केही लिएर आएको नै हुन्थ्यो तर यो खुसी सधैं भरी भने भएन। सीता अरु केटा हरू सँग पनि बोल्ने गरेको प्रवेश ले थाहा पाउँछ, सीता लाई यो कुरा सोध्दा उसले होइन भन्छे तर प्रवेश आफू सँग सबूत भएको भन्छ। उनीहरु को सधैं यही कुरा मा नै झगडा हुन थाल्छ। सीता अरु केटा सँग हिड्ने, घरमा न आउने गर्न थाल्छे। यतिबेला भने प्रवेश लाई एकदमै धेरै पछुतो हुन्छ किन त्यस्तो मान्छे संग विवाह गरे भनेर। उसलाई बल्ल प्रविना सँग विवाह गर्नु पर्थ्यो भन्ने लागेको थियो तर अब धेरै ढिलो भईसकेको थियो। उसले त सीता सँग विवाह गरिसकेको थियो। अब ऊ सीता लाई डिभोर्स दिएर प्रविना सँग विवाह गर्न चाहन्थ्यो। ऊ प्रविना सँग बोल्न कति प्रयास हरु गर्न थाल्यो। बाबा आमा लाई प्रविना को जिन्दगीमा के भइरहेको छ भनेर सोध्यो, बाबा आमा ले तँलाई किन चाहियो पुगेन बिचरी लाई दुःख दिएर भन्नु हुन्थ्यो। उस संग सिधै प्रविना सँग बोल्ने हिम्मत भने आएको थिएन। सीतासँग त उ बोल्न नै छोडिसकेको थियो। एकै घर मा बस्थे, एउटै कोठामा सुथ्ये तर पनि उनीहरु बीच बोलचाल भने थिएन। प्रविना ले पनि उनीहरु बीच यस्तो समस्या भएको थाहा पाइ। उसलाई प्रवेश को लागि एकदमै नराम्रो लाग्यो। उसले यस्तो भएछ नी भनेर बाबा आमा लाई पनि सुनाई यो कुरा! आमा ले ठिक्क पर्यो त्यसलाई मेरो छोरी मन नपरेको होइन, त्यस्तै हुन पर्छ त्यसलाई भन्न थाल्नु भयो।
प्रवेश भने प्रविना सँग बोल्ने बहाना खोज्न थाल्यो। सीता र प्रवेश को विवाह भईसकेको पछि उनीहरु दुवै जनाको बोलचाल बन्द भएको थियो। एकदिन प्रविना काम पारेर प्रवेश को घर गएकी थिइ उसलाई आमा ले प्रवेश को आमा लाई बोलाएर ल्याऊ न भन्नु भएको थियो तर घर म जाँदा प्रवेश मात्रै थियो अरु कोही घरमा हुनु हुन्न थियो। प्रवेश मौका पाएको थियो प्रविना सँग बोल्ने। सञ्चै छेस् त भनेर प्रवेश ले सोध्यो। उम्म सञ्चै छु। आमा खोइ त प्रविना ले सोधी, खोइ कता जानु भयो थाहा छैन मलाई प्रवेश ले भन्यो। अलिअलि कुरा गरे उनीहरु ले। प्रवेश ले भयो प्रविना मैले ठूलो गल्ती गरेछु सीता सँग विवाह गरेर। ठीक थिई, के भयो त्यसलाई आजकाल घर मै बाँडिने, अरु अरु केटा हरु संग लागेकी छे, राती आउँछे घर बिहान उठेर फेरि हिँड्छे। मैले त सँग नै बिहे गर्नु पर्ने रैछ ठूलो गल्ती गरे मैले। मैले सीता लाई डिभोर्स दिए भने तैँले म सँग बिहे गर्छस् त?
प्रविना लाई गर्छु भन्न मन त लागेको थियो तर उनले हेर म त सँग बिहे गर्दिन। के सोचेको छस् मलाई, हो म तँलाई माया गर्थे तर तैंले मेरो माया देखिनस्, मेरो साटो सीता सँग बिहे गरिस्, अब सीता ले तँलाई छोड्ने भई त्यहिभएर त म सँग बिहे गर्छु भन्दै छस्। यस्तो कुरा न गर। म एक्लै नै खुसी छु। मलाई अब त चाहिँदैन। मेरो लागि मेरा बाबा आमा काफी छन्। आज त तैले यस्तो कुरा गरिस् अब देखि बिर्सिएर पनि यस्तो नभनेस। यति भनी सकेर प्रविना त्यहाँ बाट गइन्। घर को छेउ मा बसेर आमा ले यो सब कुरा सुनिरख्नु भएको थियो। छोरी ले प्रवेश लाई त्यस्तो भनेको सुन्दा आमा एकदम खुसी हुनु भयो। अब बल्ल मेरो छोरी को राम्रो दिन आउन लागेको रहेछ भन्ने सोच्नु भयो र घरमा जानु भयो।
प्रविना लाई भने आफ्नो मन को बोझ बल्ल हलुका भएको महसुस भएको थियो। ऊ घर आएर आमा काकी त घर मा हुनु हुन्न रहेछ भनी। आमा ले पनि हो र भन्नु भयो।
अनि आमा ले भन्नु भयो छोरी तेरो लागि एउटा बिहे को कुरा आएको छ के गर्ने हो? कुरा अगाडि बढाउ की? त फोटो हर्छेस् केटा को?
प्रविना ले लामो सास फेरि र भनी आमा हजुर हरु जे कुरा मा खुसी हुनु हुन्छ गर्नुहोस् र उ त्यहाँ बाट म बजार गएर आउँछु है भन्दै हीडी।
प्रबिना आफुमा आएको यो परिवर्तन देखेर खुसी थिइ साथै बाबा आमा पानि।
Comments (0)
No comments yet. Be the first to comment!
Sign in with Google to leave a comment