सुन्दा जति आहा लाग्छ, के साचिकै तेती नै राम्रो हुन्छ होला त अन्तरजातीय बिवाह? भनिन्छ हरेक कुराको दुइ पाटो हुन्छ एउटा राम्रो अर्को नराम्रो तेसैगरि एसको पनि दुई पाटो छन्। राम्रो पाटोमा समाजमा रहेका उच्च जात र सानो जात बीच समन्ध सुधार हुने एउटा बाटो खुल्छ तर अर्को तिर दुई परिवार बीच समन्ध अझै खराब हुन नि सक्छ।
यहि अन्तर्जातीय बिवाह समन्धी म आज हजुरहरु लाई एउटा कथा सुनाउन गहिरहेको छु।
कथा हो एउटा मध्य्बर्गीय घरको केटा र धनीघरकी केटिको।
कथा यसरी सुरु हुन्छ,
कथाका दुई पात्र छन्; अंकित घिसिंग र स्मृति देवकोटा। अंकितको घर सहर भन्दा टाढा सानो तर निकै रमाइलो गाउमा थियो।
उ एक मध्यबर्गीय घरमा जन्मिएको एक्लो छोरो थियो न भाई न बहिनि उ एक्लै उसलाई दुख कस्तो हुन्छ भन्ने कुराको राम्रो संग ज्ञान थियो। उसलाई बुझाउन लाई पनि बाबा आमा लाई एकदामै सजिलो थियो उ सन्तोकी बच्चा थियो। उसले गाउकै सरकारी स्कुलमा कक्षा १० सम्म पढ्यो र त्यो भन्दा माथि पद्नको लागि काठमाडौँ जन चाहन्थ्यो। घरको पर्स्थिति राम्रो संग थाहा भएर पनि होला उ एकदम मेहनती थियो। सधै स्कुलमा राम्रो नतिजा ल्याउथियो। यसै कारणले गर्दा उ सबको प्यारो थियो। कक्षा १० को परिक्षा सकियो र अब तिन महिनाको छुट्टि पनि भयो। अंकित काठमाडौँ जाने भयो bridge course गर्न। बाबा आमा संग बिदा मागीवरि राम्रो संग पदने भन्दै उ काठमाडौँ को लागि घर बाट निस्कियो। उ night गाडी मा काठमाडौँ गयो। बाटोमा धेरै सपना बुन्यो, एस्तो गर्छु उस्तो गर्छु, आमा बाबा लाई सुख दिन्छु, राम्रो संग पढ्छु र सबै भन्दा ठुलो कुरा केटीको पछि लाग्दिन। उसले सुनेको थियो काठमाडौँ गए पछी त्यहाँको मान्छेको संगत मा लागिन्छ, बिग्रिन्छ, उ आफु बिग्रिन चाहदैन थियो।
यता स्मृति भने काठमाडौँ नै जमिएकी, हुर्किएकी र त्यही पढेकी थिइ। उसलाई काठमाडौँको कुना कुना को बारेमा थाहा थियो। उ पनि घरको एक्ली छोरी थिइ। उ एक धनी परिवारिकी छोरी थिइ। उसको बाबा आमा ले काठमाडौँ को सबै भन्दा ठुलो होटेल चलाउनु हुन्थ्यो। उनीहरुको ठुलो घर थियो। २-३ वटा गाडी थियो। घरमा धेरै काम गर्ने मान्छे हरु थिए। बाबा आमा प्राय जसो काम ले गर्दा बेस्त नै हुनु हुन्थ्यो। तर पनि उहाहरु ले स्मृतिको लागि केहि कमि गर्नु भएको थिएन। जे भन्यो तेही दिनु हुन्थ्यो। उसलाई दुख कस्तो हुन्छ भन्ने थाहा नै थिएन। उ पनि कक्षा १० को परिक्षा दिएर बसेकी थिई। उ पनि अब bridge course नै गर्ने भइ र संयोग बस जहाँ अंकितले पढ्न खोजिरहेको थियो उसले पनि त्यही नै पढ्न चाही।
काठमाडौँ आएको तेस्रो दिन अंकित institute मा भर्ना हुनको लागि भनेर गयो आफ्नो फुपुको साथमा, अंकितको काठमाडौँमा आफन्तको नाममा फुपू मात्रै हुनुहुन्थ्यो। उ गाउँ बाट फुपुको घरमा बस्छु भनेर आएको थियो। अब उसको institute मा भर्ना भयो र स्मृतिले पनि त्यहाँ भर्ना गरि। कक्षा सुरु हुने दिन पनि आयो। दुवै पढ़न गए। एउटा कारमा बसेर अर्को गाडीमा धक्का खादै। तर दुवै खुसि थिए। एउटालाई बाबा आमा लाई सुख दिनु थियो धेरै पढेर जागिर खाएर भने अर्को लाई आफ्नो खुट्टामा उभिनु थियो। जसरि पनि दुबैको अन्तिम यात्रा एउतै नै थियो। कक्षा सुरु भएको १ हप्ता भैसकेको थियो, यतिबेला सम्म दुवैले एकअर्कालाई चिनेका थिएनन्। उनिहरुलाई भगवान् ले पनि एक अर्का लाई चिनुन् भेटुन्न वन्ने लगेर होला दुवै एकै कक्षा मा नै थिए।
अंकित सान्त स्वोभाब थियो भने स्मृति ठाय्कै उल्टो थिइन; बोलेको बोलेकै गर्ने खालको। अंकितले धेरै साथी बनएका थिएनन् भने स्मृतिले सबैलाई आफ्नो साथी बनाइसकेकी थिइन्। उसलाई बोल्न एकदमै मन पर्थ्यो। अंकित आउथियो, पढ़थियो, कोहि संग काम भए बोल्थ्यो र जान्थ्यो। कक्षा सुरु भएको महिना दिन भैसकेको थियो। यतिबेला सम्म अंकित ले स्मृति लाई चिनीसकेको थियो तर स्मृतिले भने अंकितलाई चिनेकी थिइनन्। अंकित समृतिलाई पैसाले मतिएकि केटि भन्थ्यो। उसलाई स्मृति पटकै मनपर्दैन थियो। येस्ता केटि नि हुन्छन र भन्थ्यो उ।
एकदिन स्मृतिले झुकिएर अंकितको bag बेन्च बाट तल खसालीदिइन, उसलाई थाहा पनि थिएन त्यो bag अंकितको हो र त्यो कक्षामा अंकित नाम गरेको कोइ छ भनेर। यता अंकित लाई स्मृति एक त् मन पर्दैन थियो, उसले एउटा निहु पायो स्मृति संग झगडा गर्न। अंकित ले स्मृति लाई त एस्तो केटि उस्तो केटि भन्दै गाली गर्न थाल्यो। विचार स्मृति आफ्नो कुरा पनि राख्न पनि पाइने र त्यहाँ बाट उ गइ, उसलाई लग्यो कस्तो पागल केटा रहेछ। त्यसदिन देखि उनीहरु दुवै जना दुस्मन जतिकै भए। एक अर्कालाई देख्न पनि हुदैन थियो झगडा परिहाल्थ्यो। अब जति भेट भयो उति झगडा बढ्ने क्रम भयो।
एकदिन स्मृति सबै साथी हरु संग येतिकै गफ गर्दै बसिरहेकी थिइन, साथीहरु अंकितको बारेमा कुरा गर्न थाले। त्यहाँ उसको परिवारको अवस्था बारे पनि कुरा भयो र तेहिबेला नै स्मृति लाई अंकितको बारेमा थाहा भयो। उ बाहिर हेर्दा जति नै छुची भए पनि भित्र मन बाट भने एकदमै सहयोगी थिइ। अरुको दुख देख्न सक्दैनथिइ। उसलाई अंकित प्रति एकासी माया लागेर आयो। त्यो दिन देखि स्मृति अंकित संग झगडा गर्न छोडी। अंकित लाई यो कुरा देखि अचम्म लाग्न थाल्यो।
उनीहरु दुबैको bridge course पनि सकियो। त्यो दिन देखि स्मृति अंकितसंग बोलेकी थिइन। र अन्तिम दिन पनि उ बोलिने। दुवै लाई थाहा थिएन कि उनीहरु दुवै जना साइन्स लिएर पढ्न चाहन्थ्ये। दुवैले बिज्ञान संकायमा भर्ना गराए त्यो पनि एउटै college मा; दुवै यो कुरा बाट अनविज्ञ थिए। क्लास सुरु भयो, दुवै पढ्न गए, र एक अर्कालाई देखेर दङ्ग परे। कक्षा सुरु भएको ४-५ महिना सम्म उनीहरु बीच बोलचाल भएन। एकअर्कालाई हेर्थ्ये तर दुबैको मुख बाट शब्ध निस्किदैन थियो। येतिकै समय बित्दै थियो, अंकित लाई बिस्तारै स्मृति मन पर्न थाल्यो। तर उ त आज सम्म बोलेको पनि छैन स्मृति संग त, बोल्ने कोसिस गर्न थाल्यो तर स्मृति उसलाई पुरै इग्नोर गर्थी।
केहि समय पछि उनीहरु २ जना लाई शिक्षक ले एउटा pratical को लागि संगै राखिदिनु हुन्छ, स्मृति नचाहदा नचाहदै पनि उ संग नै बस्नु पर्ने हुन्छ। त्यती बेला स्मृति ले बल्ल अरम्रो संग अंकित लाई चिन्छिन् त्यही दिन देखि उनिहरु साथी बन्छन्। अंकित ले आफुले जे पाए तेहि भनेको भन्दै माफी पनि माग्छ र स्मृतिले माफ पनि गरिदिन्छिन्। अब उनिहरु एकदमै मिल्ने साथी भैसकेका हुन्छ। Canteen संगै जाने, खाली कक्षामा बाहिर संगै निस्किने र कहिले कहिँ त college bunk समेत गर्न थाले। उनीहरूको यो मित्रता धेरै लाई खडकिन थालेको थियो। स्मृति राम्री थिईन। पढाइ पनि राम्रो थियो। धनी पनि थीइन्, जसले गर्दा उसको पछि धेरै केटा लागेका थिए तर स्मृति उनीहरूलाई अलिकति पनि भाउ दिँदैन थिईन। अब अंकित सँग बोल्दा त कक्षाका केटाहरुलाई अचम्म लाग्न थाल्यो। केटाहरुलाई ले तैंले के भेनिस के गरिस् त सँग बोल्न आइ हामी लाई पनि टिप्स देन भन्न थाले। अंकित तिनीहरू लाई कराउँथे।
बिस्तारै उनीहरूको मित्रता माया मा परीणत भयो। Valnetines day को दिन पारेर अंकित ले उनलाई प्रोपोस गरेका थिए र स्मृति ले पनि हुन्छ भनेकी थिइन्। माया पनि दिन दिनै बढ्दै गइरहेको थियो। उनीहरु टाइम पास को लागि न भएर भविष्य पनि सोचेका थिए। भविष्य सोच्दा सबै भन्दा ठूलो कुरा आउँथ्यो उनीहरूको जात; स्मृति बाहुन कि छोरी अनि अंकित तामाङ को छोरा। अंकित को घरमा त स्मृतिलाई सजिलै अपनाउठ्ये तर स्मृति को घरमा अंकित लाई स्वीकार्न एकदमै गार्हो थियो।
एकदिन यस्तै कुरा हुदै जाँदा स्मृति ले म तिम्रो लागि आफ्नो बाबा आमा पनि छोड्न सक्छु भनिन्। अंकित अचम्म साथै दंग परे। यसले मेरो लागि आफ्नो बा आमा छोड्न सक्ने रैछे भन्दै। समय बित्दै गयो। तिनीहरूको बारह क्लास को एक्जाम पनि भयो र केही समय को लागि उनीहरु एक आपस बाट टाढा भए, अंकित घर गयो, स्मृति तर काठमाडौं नै बसिन। अब ठूलो कुरा थियो यसपछि के गर्ने भनेर, अंकित लाई कमाउनु थियो र स्मृति लाई पढ्न। अंकित घर बाट काठमाडौं आयो। सुरु सुरुमा त उनीहरु घुम्न गए रमाइलो गरे, सधैं यस्तो गरेर अंकित लाई त पुँदैन थियो। एक दिन उसले स्मृति लाई आफ्नो समस्या सुनायो र म के गरौं भनेर सोध्यो, उसले कति सहजै मेरो बाबा को होटल मा काम गर भनी। म बाबा सँग कुरा गरिदिन्छु अनि तिमी त्यहाँ काम गर्न आऊ भनेर भनेसी अंकित खुसी भयो।
अब अंकित त्यही काम गर्ने भयो। बाबा लाई पनि काम गर्ने मान्छे को आबस्यकता थियो र उहाँले नी हुन्छ भन्नु भयो। अंकित त्यहाँ काम गर्दै आफ्नो अगाडि के गर्ने भन्ने कुरा सोच्न थाल्यो। त्यही बसेर बीएस्सी मा भर्ना गर्ने सोच बनायो। स्मृति पनि त्यही नै गर्ने भइन्। दुवै जना अब सँगै कलेज जान्थे र सँगै फर्किन्थे। अंकित त्यहाँ काम गरेर आफ्नो कलेज को फी र आमा बाबा लाई पैसा पनि पठाउँथे। बाबा आमा नी खुसी नै हुनु हुन्थ्यो अंकित को। अंकित को आमा एकासी बिरामी पर्नु भयो एकदिन र त्यो सुन्ने बितिकै अंकित गाउँ गयो र काठमाडौं ल्याएर उहाँको उपचार पनि गरायो।
आमा बिरामी भए पछि उसलाई अब बिहे गर भन्दै कर गर्न थाल्नु भयो। केही समय त उसले अहिले गर्दिनँ राम्रो सँग पैसा कमाएको छैन मैले बिहे गरेर कसरी बुढी पल्नी के गर्नु भनेर टर्यो तर आमा ले एकदमै जिद्दी गरी सके पछि उसले स्मृति सँग कुरा गर्यो र स्मृति ले आफ्नो बाबा आमा सँग कुरा गर्ने भनी। उसले बडो हिम्मत जुटाएर आमा बाबा लाई यो कुरा भनी, उसको आमा बाबा धेरै नै रिसाउनु भयो। तिमी लाई हामी ले छुट दिएको यही गर्न लाई हो, मन परायौ त ठीक छ आफ्नो जातको हेर्नु पर्दैन थियो कस्तो जात हेरेको भोटेको भनेर धेरै कराउनु भयो र कुनै पनि हालत मा उसँग बिवाह नगरिदिने भन्नु भयो। यदि उसले आफ्नो खुसी गरेमा आमा बाबा मरेको भन्ने सोच्नु भन्नु भयो।
अब उसलाई के गर्ने के नगर्ने भयो। माया उ धेरै गर्थी अंकित लाई। ऊ बिना बाँच्न नसक्ने भईसकेकी थिइ। उसले यो सब कुरा अंकित लाई सुनाई र अब के गर्ने भनी, अंकित ले भागम भन्यो। यति बेला सम्म स्मृति को बाबा ले उसलाई काम बाट निकालिसक्नु भएको थियो। उसको कमाई पनि थिएन। अब गाउँ जानु बाहेक उ सँग अरु केही उपाय पनि थिएन। सबै कुरा छोडेर अब ऊ म गाउँ जान्छु भनेर स्मृति लाई भन्छ र स्मृति मलाई पनि तिमी संगै लैजाऊ आज देखि म तिम्रो बुढी बनेर तिम्रो घर मा बस्ने छु। मलाई धन सम्पतिको केही लालच छैन। तिमी संगै भए भने तिम्रो साथ भयो भने यस्तो धन त हामी आफै नी कमाई हाल्छौ नी भन्छिन्। अंकित ले एक चोटी सोच तिम्रो जिन्दगी भरीको कुरा हो एक दुई दिन को कुरा होइन। तिमी सक्छौ त त्यहाँ बस्न? आज सम्म केही काम नगरेको तिमीले धेरै काम गर्न पर्छ। हाम्रो संस्कार मिल्दैन तिमी ले दुःख पाउली भन्छ। स्मृति ले आफ्नो सोच बनाइसकेको हुन्छिन् र जान तयार हुन्छिन्।
जानु भन्दा अगाडी एक चोटी बाबा आमा ले मानी हाल्नु हुन्छ कि भनेर कुरा गर्छिन् तर उहाँ हरु ले केही नी मान्नु हुन्न, त यो घर बाट निस्किस भने यो घर मा फर्केर आउन पाउदिनेस भन्नु हुन्छ। त्यो सुनेर स्मृति रुदै सोच्न थालछिन्, म जिन्दगी भरी बाबा आमा सँग बस्ने त होइन एक दिन त जो सँग भए नी विवाह गराइदिनु हुन्छ मेरो त्यति बेला कस्तो केटा पर्ने हो, मेरो कुरा बुझ्ने हो कि न बुझ्ने हो? मलाई माया गर्ने हो कि न गर्ने हो? के थाहा कस्तो मान्छे हुन्छ? त्यो भन्दा ठीक म अंकित सँग नै विवाह गर्छु। मलाई माया गर्छ, मेरो कुरा बुझ्छ, सबै त राम्रो छ भनेर अंकित सँग जाने सोच बनाउँछिन् र आफ्नो कपडा र चाहिने सामान जाती सबै एउटा झोलामा राख्छिन्। भोलि पल्ट बिहानै बाबा आमा उठ्नु अघि नै स्मृति घर बाट निस्किन्छन्। अंकित सँग भेटेर गाउँ जानको लागि गाडी चढ्छन्। स्मृतिलाई दुःख त धेरै लागिरहेको थियो तर आफूले चाहेको कुरा पाउनको लागि केही न केही त गुमाउनै पर्छ भन्ने पनि उनले बुझेकी थिईन। त्यसै ले उ खुसी हुने कोसिस गर्दै थिईन। बाटो भरीको राम्रो दृश्य ले उनी तानिरहेको थिईन। उनलाई रमाइलो लाग्दै थियो।
सात घण्टा को गाडीको चडाई पछि बल्ल उनीहरु गाउँ पुगे। अंकित ले गाउँको सबै लाई चिनेको थियो। ऊ सँग सहरिया केटी देख्दा सबैले आश्चर्य पूर्वक हेरिरहेको थिए उसलाई। ऊ केही थाहा नपाएको जसरी आफ्नो घर तिर गइरहेको थियो। घर पुग्यो, घरमा आमा बाबा लाई छोरो आउने भन्ने थाहा नै थिएन, एकासी छोरो घर मा र साथ मा एउटी केटी देख्दा त आमा बाबा सबै दंग पर्नु भयो। र उनीहरु लाई एक छिन बस म खाना पकाउँछु भन्दै आमा भान्सामा जानु भयो। अनि अंकित ले बाबा लाई बाहिर बोलायो। स्मृति एक्लै भइन् कोठामा। अंकित ले बाबा आमा दुवै लाई सबै कुरा भन्यो र आमा त रिसाउनु भयो अंकित सँग।
अंकित ले कसरी स्मृति ले आफ्नो लागि बाबा आमा सँग झगडा गरेको र न मान्दा घर छोडेर उ संगै गाउँ आएको भने पछि बल्ल आमा को रिस सान्त भएको थियो।
अब के गर्ने त भनेर आमा बाबा लाई सोध्दा बिहे गर्ने भन्नु भयो बाबा आमा ले पनि। उसले यो कुरा स्मृति लाई सुनायो, स्मृति खुसी भई। तिनीहरू गाउँ आएको चार पाँच दिन पछि उनीहरूको विवाह भयो। स्मृति बाहिर देखिँदा एकदम खुसी थिइ तर भित्र मनमा भने एकदमै दुखी थिई, उ पनि त बाबा आमा को एक्लो छोरी थिई उसको बाबा आमा को पनि कति ठूलो सपना थियो होला छोरीको विवाहमा यस्तो गर्ने यस्तो गर्ने तर त्यो सब स्मृति ले चक्नाचुर पारिदिएकी थिइ। विवाह भयो, उनीहरूको दैनिकी सुरु भयो। केही गर्न नआउने स्मृति ले अब खाना पकाउन, घर को काम गर्न सबै सिक्दै थिई। अंकित को आमा एकदमै रिसाउनु हुन्थ्यो उ सँग उसले केहि गल्ती गरी भने। अनि उसलाई त्यति बेला एकदमै नराम्रो लाग्थ्यो।
सुरु सुरुमा एकदमै राम्रो भएको सम्बन्ध अब बिग्रिँदै गरिरहेको थियो,उनीहरूको एकदमै झगडा पर्थ्यो।
झगडा सम्म त ठिकै थियो अब कुरा कुटाकुट सम्म पुगिसकेको थियो। अंकित को यस्तो बदलिएको रूप देखेर स्मृति अचम्म र दुखी थिईन। यस्तो हुन्छ भनेर त उसले सपना मा पनि सोचेकी थिएनन्। तिम्रो लागि भएर बाबा आमा छोडेर आएँ भनेर भनिन् भने मैले छोड्न भनेको थिए र तँलाई त आफ्नै खुसी ले छोडेर आएकी होस भन्ने शब्द सुन्न पर्थ्यो स्मृति ले।
अब बल्ल स्मृति लाई आफ्नो गल्ति महसुस हुदै थियो। ठूलो गल्ती गरेछु मैले भन्ने लाग्दै थियो। तर अब जे हुनु भईसक्यो मैले अंकित को लागि भनेर सबै जना छोडेर आएको छु उ संगै बस्न पर्छ म भन्ने सोचेर त्यही नै बस्छिन्। स्मृति कमजोर त थिइनन् उसलाई आफ्नो समन्ध धेरै प्यारो थियो त्यहिभएर उसले सबै कुरा सही रहेको थिईन।
यसै बिचमा धेरै ठूलो अनर्थ हुन्छ एक दिन अंकित रक्सी खाएर घरमा आउँछ र स्मृति लाई धेरै नै अपशब्द बोल्छ। उसले अर्को केटी खोजेको विवाह गर्न भनेर पनि भन्छ स्मृतिलाई। यो सब कुरा हरु अंकित को बाबा आमाले थाहा नै नपाएको जस्तो गर्नु हुन्न। उहाँ हरु लाई पनि स्मृति मन परेको थिएन जस्तो ज भए नी छोरा ले आफ्नै जातमा विवाह गरोस् भन्ने उहाँ हरुको चाहना थियो। कुट्ने पिट्ने त अब दैनिक काम भईसकेकी थियो अंकित को। कुरा यति मै मात्रै सीमित न भएर अझै बढ्दै गइरहेको थियो। अब हुँदा हुँदा एकदिन अंकित ले अर्को केटी लाई घर मा लिएर आयो, विवाह गरेर। स्मृति त छगाँ बाट खसेको जस्तो भईन। स्मृति ले बल्ल महसुस गरिन् यो त अति भयो भनेर। अब बल्ल उनले अंकित सँग बाट छुट्टिने बारेमा सोचिन्। डिभोर्स को लागि काम सुरु गरिन्। डिभोर्स दिइन् र त्यहाँ बाट आफ्नो सहर काठमाडौं जनाको लागि तयार भईन। तर अब त्यहाँ गएर मात्रै त के गर्ने। एक चोटी बाबा आमा लाई सम्पर्क गर्छु भन्ने सोचिन् र फोन गरिन् बाबा ले एकै चोटी मा कल उठाउनु भयो र तिमी कहाँ छौं घर आऊ छोरी तिमी बिना हामी सक्दैनौं बाँच्न भन्नु भयो। स्मृति ले पनि रुदै के के भयो सबै कुरा भनिन् र आफू ले ठूलो गल्ती गरेको भन्दै माफी मागिन्। बाबा ले आफै त्यहाँ लिन आउने भन्नु भयो र उहाँ आएर स्मृति लाई लिएर जानु भयो। त्यहाँ गए पछि सबै भन्दा पहिला त उनले आफ्नो पढाइ पूरा गरिन् अनि त्यही बाबाको होटल मा नै बाबा लाई सहयोग गर्न थालिन्। स्मृतिको ending त राम्रो भयो आफ्नो बाबा आमालाई भेटिन, उहाँहरूले उसलाई माफ पनि गरिदिनु भयो।
अब यता भने अंकित को बिजोक सुरु भयो। उसले विवाह गरेर ल्याएको केटी पनि एकदमै खतम रैछे। घरमा कहिले पनि नबस्ने सधैं बाहिर बाहिर बस्ने। घरमा आइ भने पनि झगडा गर्ने सासु ससुरा लाई थर्काउने गर्थ्यी। अंकित लाई आफ्नो गल्ति महसुस हुन थालेको थियो तर धेरै ढिलो भएसकेको थियो। उसलाई अब रोगले पनि गाल्दै गहिरहेको थियो। बाबा आमा उ देखेर दिक्क हुनु भएको थियो। उहाँहरुलाई पनि स्मृति कति ठीक थिइ जति जे भने पनि कहिले मुख फर्काउँदैन थिइ भन्ने कुरा महसुस भएको थियो।
रोग ले थलिएर बस्दा उसलाई खाना सोध्ने मान्छे पनि हुनु भएन, आमा बाबा दुवै रोगी हुनु भयो। सबैको बिजोक भयो। एकदिन अंकित को बुढिले बाबा सँग बाट घर जग्गा आफ्नो नाम मा पास गरिछ त्यो पनि कसैलाई नभनी। अब घर आफ्नो नाममा भए पछि उ अंकित सँग बाट डिभोर्स लिन चाहिरहेकी थिई अंकित भने डिभोर्स दिन मानिरहेको थिएन। यस्तै यस्तै हुँदा हुँदै अंकित रोग ले धेरै नै थालिन्छ र आखिर मा मर्छ।
आफ्नो अन्तिम सास मा उसले स्मृतिलाई गरेको दुर्व्यवहार सम्झिन्छ। उसलाई कल गर्छ तर स्मृति ले आफ्नो फोन नम्बर change गरिसकेकी हुन्छिन्। ऊ सँग अंकित ले सम्पर्क गर्न सक्दिन।आफू मर्ने दिन नजिकै गर्दा बल्ल उसलाई आफ्नो गल्ति महसुस भएको हुन्छ।
यति नै थियो स्मृति र अंकित को कथा, सुरुमा दुवै ले जिद्दी गरेर विवाह गरे। अंकित धेरै परिवर्तन भयो। स्मृतिलाई माया गर्न छोड्यो। स्मृति ले आफु ले सके सम्म आफ्नो समन्ध बचाउन खोजिन् तर अति नै भए पछि त्यो सम्बन्ध नै छोडिन् र आफू लाई रोजिन्।
Comments (0)
No comments yet. Be the first to comment!
Sign in with Google to leave a comment