डिभोर्स आजकल नेपाली समाज मा यो शब्द एकदमै धेरै सुनिन थालेको छ। पश्चिमी संस्कार भित्रिदै गहिरहेको नेपाली समाज मा धेरै नयाँ संस्कार हरु भित्रिदै गहिरहेको बेला यो डिभोर्स पनि एउटा नयाँ कुरा को रूपमा नेपालमा भित्रिएको छ।
के सम्म भइरहेको छ भने सानो सानो कुरामा डिभोर्स हुने। बुढो ले आमा बाबा सँगै बस्ने भन्यो त्यहिभएर डिभोर्स। मलाई त्यो सँग बोल्न मन लाग्न छोड्यो, राम्रो लाग्न छोड्यो, त्यसले कमाउन छोड्यो यस्तो कुरा हरु नै धेरै सुनिरहेका हुन्छौ हामी सम्बन्ध विच्छेद को केस मा। यस्तो ठीक हो त?
जहाँ हुनु पर्ने त्यहाँ भएको छैन, श्रीमान् ले श्रीमती लाई कुटी रहेको छ, दिनकै यतान दिन्छ, यस्तो कुरामा डिभोर्स हुनु ठीक हो। घरमा श्रीमान् श्रीमती हुँदा हुँदै बाहिर अरु पुरुष स्त्री सँग समन्ध बनाएमा डिभोर्स हुनु ठीक हो। तर अब त यहाँ सानो सानो कुरामा डिभोर्स हुने चलन बढेको छ।
कथा हो एउटा शहरको। जहाँ स्नेहा नाम गरेकी एकदमै राम्री केटी थिइन्। हरेक गुणले सम्पन्न भएकी। आमा बाबा को आँखाको नानी। उसको एउटा भाई थियो। उसको चार जाना को सानो र रमाइलो परिवार थियो। स्नेहा को विवाह हुने वाला थियो त्यो पनि प्रेम विवाह। उसलाई प्रेम एकै नजरमा मन परेको थियो। दुवै को घरको सहमति सहित विवाह हुदै थियो उनीहरूको। प्रेम को परिवार पनि सानो नै थियो। उसको परिवारमा पाँच जना हुनु हुन्थ्यो। बाबा, आमा, फुपु, बहिनी अनि उ। फुपुको विवाह भईसकेको तर समन्ध विच्छेद गरेर बस्नु भएको। फुपु लाई स्नेहा मन नै पर्दैन थियो। उहाँले कति प्रयास गर्नु भयो प्रेम र स्नेहा को विवाह रोक्न को लागि तर उहाँ सफल हुनु भएन। दुवै को विवाह एकदमै राम्रो सँग भयो। स्नेहा आफ्नो बाबा आमा भाइ लाई छोडेर प्रेमको परिवार लाई आफ्नो मानेर त्यहाँ बाट बिदा हुँदै थिइन्।
प्रेम को बाबा आमा ले स्नेहा लाई धेरै माया गर्नु हुन्थ्यो। बहिनी त झन् भाउजु भने पछि हुरुकै,उसको उमेर पनि सानै थियो बल्ल पन्ध्र वर्ष की भएकी थिइन्। सबै राम्रो भईरहेको थियो, स्नेहा प्रेम दुवै जना काम गर्न जान्थे। बाबा आमा घर मै बस्नु हुन्थ्यो। आमा ले बिहानै उठेर उनीहरूको लागि खाना तयार गरिदिने काम गर्नु हुन्थ्यो। स्नेहा ले कति पटक मामु हजुर नगर्नुस् न म गरिहाल्छु नी उठेर कति दुःख गर्नु हुन्छ भन्थिन् तर सासुले थाकेर आएको हुन्छेउ तिमी म त दिन भरी घर मै बसिरहेको हुन्छु यति काम गर्दा केही हुन्न, बिहान राम्रो सँग सुत तिमी भन्नु हुन्थ्यो। यता फुपु लाई भने सासु बुहारी मिलेको देख्दा एकदमै डाह लाग्थ्यो। कसरी यिनीहरू बीच झगडा गराऔं भन्ने लाग्थ्यो उहाँ लाई। सुरु सुरुमा त फुपूले धेरै कोसिस पनि गर्नु भयो झगडा गराउने तर सफल हुनु भएन।
तर भनिन्छ कुनै कुरा लाई पनि बारमबार भनेको भनिएकै भयो भने हो जस्तो लाग्न थाल्छ। त्यस्तै भयो स्नेहा र स्नेहा को सासु को बीच पनि। सासु लाई हो क्या हो मैले जति गरे नी यिनीहरू ले नदेखे कै हो! बिहानै उठ्छु सबै काम सकाइदिन्छु, मैले गर्नु पर्ने काम त होइन यो, घरमा बुहारी आएसकी त्यही नी मैले नै किन गरिरहेको छु, यिनीहरू लाई सजिलो होस्, दुःख नहोस् भन्ने सोचे मैले, तर यिनीहरू कहीँ जाँदा केही गर्दा मलाई केहीले सोध्दैन, आमाको लागि नी यस्तो ल्याउ लाग्दैन यिनीहरू लाई, किन गर्नु अब मैले, म केही पनि गर्दिनँ, ज सुकै गरून् जस्तो गरी हुन्छ आफै मिलाउन्। आमा ले यस्तो सोच्नु भयो। उता स्नेहा लाई भने सासुमा आएको अचानक परिवर्तन देखेर दंग पर्न थालिन्, उसलाई किन यस्तो गर्दै हुनु हुन्छ मामु ले, यति महिना भईसक्यो विवाह भएको के भएछ, सञ्चो न भएको हो कि के हो भन्ने सोच्न थालिन्।
अब दैनिकी बिहान स्नेहा नै उठेर सबै काम सकाउने, अफिस जाने, अनि आएर पनि सबै काम उसैले नै गर्ने हुन थालेको थियो। स्नेहा थकाइ ले लखतरान हुन्थिन्, केही काममा सहयोग गरिदिए नी हुन्थ्यो नी भन्ने लाग्थ्यो तर न फुपु, न सासु, न श्रीमान् कसै ले केही सहयोग गर्दैन थिए। ससुरा बा ले भने सबै कुरा याद गरिराख्नु भएको थियो, उहाँ लाई थाहा थियो यो सब उहाँ कै बहिनी ले गर्दा भइरहेको छ भनेर, सुरु मा त उहाँ ले त्यस्तो केही वास्ता गर्न भएन सबै ठीक हुन्छ आफै भनेर तर अब अति हुन थाले पछि भने एक दिन आफ्नी श्रीमती लाई बोलाएर के गरेको यस्तो भनेर सोध्नु भयो। अनि सासु ले भनिन्: मैले यिनीहरूको लागि भनेर कति गरे यिनीहरू ले कहिले पनि मतलब गरेनन्!
मन पराएर ल्यायो, मैले स्वीकारे!
बिहान बेलुकी खाना पनि बनाएर खुवाए!
सकिनसकी सबै काम गरे!
तर यिनी हरुले आज सम्म आमा हजुर लाई कस्तो छ? केही सामान ल्याइदिनु पर्छ कि पर्दैन? कहीँ घुम्न जाउँ आमा भनेर सोधेनन्! काम गर्ने मान्छे जस्तो पो सोच्न थाले! के म यिनीहरूको काम गर्ने मान्छे हो? म त यो सब बाट अनजान थिए यदि हजुर की बहिनी ले मलाई यो सब कुरा नदेखाएको भए म त अझै पनि यिनीहरू को नै सेवा गरेर बसिरहेको हुन्थें! यही नै चाहनु हुन्छ हो हजुर मैले यिनी हरुको सेवा गरेको हेरेर बस्न?
ससुरा यस्ता कुरा सुनेर दङ्ग परे, आफ्नो श्रीमती यस्ती छिन् भन्ने उहाँ लाई बल्ल थाहा हुँदै थियो। बहिनी को बानी त पहिला देखि नै राम्रो सँग थाहा थियो। उहाँ ले भन्नु भयो मेरो एउटा कुरा याद गर्नु अरूको बहकवा मा आएर राम्रो कुरा लाई फ्याक्नु हुँदैन, घ्रिणा गर्नु हुँदैन, पछि त्यो समान नहुँदा बल्ल त्यस्तो महत्त्व बुझिन्छ, पछि पछुताउनु नपरोस् तिमी ले यति चाहन्छु म।
त्यतिबेला ह्या के के बोल्छन् यो बुढो भन्ने भयो सासुलाई, उनीलाई आफू ल गर्दै छु, कस्तो गल्ती गर्दै छु भन्ने वास्ता नै भएन। समय बित्दै गयो, प्रेम की आमा र फुपूले मिलेर प्रेम र स्नेहा बीच पनि धेरै मनमुटाव बढाइदिन थाले, प्रेम लाई एउटा कुरा भन्ने अनि स्नेहा लाई अर्को कुरा। सुरु सुरु मा त उनीहरु पनि मतलब गर्दैन थिए। तर अब भने ठूलै कुरा भयो। एक दिन फुपु ले प्रेम लाई आज मैले त स्नेहा लाई कुन केटा सँग अंगालो मारेर हिँडेको देखें नी। प्रेम ले के भन्दै हुनु हुन्छ फुपु त्यस्तो कहाँ हुन्छ जे पनि भन्नु हुन्छ तपाईं, के बोल्ने के नबोल्ने भन्ने थाहा छ कि छैन भन्दै हपार्यो, भाई या दाई पनि हुन सक्छन् मेरो श्रीमती को बारेमा आएर मलाई नै यस्तो कुरा भन्नु हुन्छ तपाईं। फुपूले मुख बिगार्दै दाई र भाइ जस्तो लागेन मलाई, मैले देखे त्यहिभएर भनिदिए पछि आफै सोध्नु तेरो बुढी लाई भन्दै त्यहाँ बाट हिड्नु भयो। प्रेम को मन मा यो कुरा नराम्रो सँग बिझ्यो, के हो यस्तो, घरमा पनि राम्रो छैन आमा सँग, पहिला यस्तो मिल्ने मान्छे, हाम्रो बीच पनि झगडा भएको भएकै गर्छ, अब आज फुपु को केटा सँग देखें भन्नु हुन्छ, के भइरहेको छ म बुझ्नै सकिरहेको छैन।
साँझ स्नेहा आउँछिन्, प्रेम सोध्छन् के के भयो आज, के के गर्यौ, कहीँ गयौं की नाई? सधैं को जस्तै भयो त्यस्तो केही नयाँ भएन, कहीँ गएकी पनि छैन म। यति भनेर उनी फ्रेश हुन जान्छिन्। फ्रेश भएसके पछि आफ्नो काम गर्न, खाना बनाउन थाल्छिन्।
यथार्थमा भन्नु पर्दा फुपु ले स्नेहा लाई देखेकी पनि हुन्निन्, फुपु लाई त केबल उनीहरु दुबै जना बीच फाटो ल्याउनु थियो त्यहिभएर झुटो बोलेकी थिईन्। उनी फाटो ल्याउन सफल पनि भइन्। फुपूले अब दिनकै कहिले को सँग देखि कहिले को सँग देखें भन्दै प्रेम को कान भर्ने काम गर्न थालिन्। प्रेम पनि बिस्तारै बिस्तारै उनको जालमा फसिरहेका थिए।
स्नेहा र प्रेम बीच दिनकै झगडा हुन थाल्यो। उनीहरु दुवै जना एकअर्का लाई देखि नसहने भइसकेका थिए। यता सासु ससुरा भने यो सब देखेर अचम्म मा थिए किन यस्तो भइरहेको छ। सासु लाई भने लाग्न थाल्यो कतै मैले गर्दा यस्तो भएको त होइन तर यो कुरा उनी छोरा बुहारी लाई गएर भन्ने सक्ने वाला त थिइनन्, उनलाई डर थियो छोरो टाढा हुन्छ भनेर। यता फुपु भने एकदमै खुसी थिईन। उनका दाजु भाउजु झगडा परिरहेको बेला केही भन्ने खोज्थे भने किन बोल्न परेको छ हजुर हरु लाई तिनीहरू दुइ बीच भन्थिन्। कुरा अब धेरै बडिसकेर समन्ध विच्छेद सम्म पुगिसकेको थियो। तर उनीहरू यति बेला सम्म पनि अनभिज्ञ थिए कि यो सब फुपु ले गर्दा भईरहेको छ भनेर। स्नेहा आफ्नो माइत गइन्। उतै बाट डिभोर्स को लागि फाइल गरिन्। उनीहरूको डिभोर्स पनि भयो।
डिभोर्स भइसक्दा सम्म पनि दुवै ले किन यस्तो भयो भन्ने बुझेका थिएनन्। प्रेमलाई लाग्थ्यो स्नेहा को चरित्र ठीक छैन भनेर र स्नेहा लाई लाग्थ्यो प्रेम ले जब उ माथी विश्वास नै गर्न सक्दैन भने के उ साच्चिकै श्रीमान् बन्न लायक छ।
डिभोर्स भएको पनि एक साल भईसकेको थियो। डिभोर्स म कसै ले पनि हस्तक्षेप गरेका थिएनन्। यता प्रेम को आमा लाई भने आफू ले गर्दा यस्तो भयो भन्ने लागेको थियो। प्रेमको बाबा लाई आफ्नो बहिनी को हात छ जस्तो लागेको थियो। प्रेम र स्नेहा दुवै आफ्नो काम मै लागिपरेका थिए। दुवै लाई दोश्रो विवाह गर्नु थिएन। यतिकै समय बितिरहेको थियो, एक दिन प्रेम सधैंको समय भन्दा अलि अगाडि नै घर पुगे, त्यो दिन घरमा आमा बाबा कोही हुनु हुन्न थियो। फुपु ले आफ्ना साथी लाई घर बोलाएकी रहेछन्। प्रेम पुग्दा प्रेमकी फुपूले कसरी आफ्नो भतिजो को घर/विवाह बिगारेको कुरा सुनाउँदै थिइन्। कसरी उनले झुटो कहानी बनाइन्, कसरी नक्कली केटा बनाइन्,यो सब सुनाउँदै थिइन् उनी। प्रेम ले सबै कुरा सुने। उनको अगाडि पूरै अँध्यारो छायो, उनलाई याद आयो कसरी उनले स्नेहा लाई शंका गरे, कसरी उनि सँग झगडा गरे, एक एक घटना क्रम हरु याद गरे र रुन थाले, फुपु लाई थाहा नै थिएन यो सब कुरा प्रेम ले सुने भनेर। उनी त्यहाँ बाट सिधै स्नेहा को घर तिर लागे, त्यो दिन स्नेहा पनि काम बाट छिटै घर फर्किएकी रहेछिन्, उनको भेट भइहाल्यो। यत्रो समय पछि प्रेम लाई आफ्नो अगाडि देख्दा स्नेहा भावुक भइन्। प्रेम ले सिधै गएर स्नेहा को खुट्टा समाएर मलाई माफ गरिदेउ, मैले तिमी लाई शंका गरे, तिमी लाई विश्वास गरिन्, सबै फुपु ले गर्नु भएको रहेछ भनेर स्नेहा लाई सबै कुरा सुनाए। स्नेहा दङ्ग परिन्, फुपु ले यति सम्म गर्छिन् भन्ने उनलाई पनि लागेको थिएन। तर उनको मनमा अर्को कुरा बीझिरहेको थियो, कसरी सजिलै प्रेम ले फुपुको कुरा माने, कसरी संका गरे उनी माथि, के त्यति पनि विश्वास थिएन उनलाई आफ्नो माया माथि?
प्रेम ले आफ्नो सबै गल्ती माने, स्नेहा लाई हिँड जाउँ आफ्नै घर, सक्दिन म तिमी बिना बाँच्न भन्न लागे, स्नेहा ले भनिन्, यत्रो समय तिमी म बिना नै बाँचिरहेको थियौ, अब पनि बच्छौं तिमी, तिमीले मलाई शंका गर्न एक मिनट लगएनौं, कति सजिलै फुपुको कुरा मान्यौ, पछि फेरि तिमी लाई कसै ले मेरो बारेमा केही सुनायो भने तिमी त्यसको पनि कुरा मानी हाल्छौ अनि फेरि मलाई छोडीहल्छौं, त्यसकारण म तिमी सँग जदिन, मैले बाँच्न सिके तिमी बिना र अब म तिमी बिना नै बाँच्छु भनेर घर भीत्र पसिन्।
प्रेम लाई अब के गरौं कसो गरौं भन्ने भयो। घर जान मन थिएन, अन्त जाने ठाउँ थिएन, जानु त जसरी नी घर नै जानु थियो। उनी घर गए, अब त्यो घर उनलाई घर जस्तो लाग्न छोडिसकेको थियो। दिनकै पश्चाताप गरिरहेका थिए। अब उनको जिन्दगी नै त्यही नै थियो।
यहाँ प्रेम ले जे गल्ती गरे त्यो गल्ती हामी ले पनि आफ्नो जीवनमा गरिरहेका छौं पक्कै पनि। कुरै न बुझी काम गर्ने, उनले अलिकति बुझेको भए बाबा आमा लाई म के गरौं भन्ने सोधेको भए या स्नेहा सँग नै झगडा न गरी राम्रो सँग कुरा गरेको भए यस्तो हुने नै थिएन। आज उनीहरु दुवै जना सँगै हुन्थें।
Comments (1)
Very best
Sign in with Google to leave a comment