शहरको एउटा कुनामा सानो बजारमा सुनिल नाम गरेको केटाको पसल थियो, जसको पसलको नाम सुनिल मोबाइल पसल थियो। त्यही पसल को वरपर सृष्टि नाम गरेकी केटीको बाबा आमाको कपडा पसल थियो। सुनिलको पसल नजिकै श्रृष्टिको साथीको पसल थियो; किराना पसल। सृष्टि र रीमा एकदमै मिल्ने साथी थिए। उनीहरु सँगै पढ्ने, घुम्ने, खेल्ने भन्नु पर्दा सबै काम सँगै गर्थे, उनीहरु चौबिसै घण्टा सँगै हुन्थे। सृष्टि रिमाको किराना पसल मा आइराखेको हुन्थि दिनको दुई देखि तीन पटक सम्म। यसै समयमा सुनिल ले सृष्टिलाई देखेको थियो आफ्नो पसलको ऐनामा। सुनीललाई सृष्टि पहिलो नजर मै मन परेकी थियो। सृष्टि कस्ती थिइन् भने; गहुँगोरो वर्णकी, लामो कपाल, निदारमा सधैं रातो टीका, सलक्क अग्ली जो कसैले पनि एकै नजरमा मन पराउने खालकी। सुनिल त पहिलो देखमा नै लट्ठ परेका थिए। सुनिल लाई सृष्ठी अप्सरा भन्दा कम लागेकी थिईन्।
सृष्टि आफ्नो पसलमा कमै आउँथिन्—उनको परिवारले सबै कुरा सम्हाल्थे। उनको समय पढाइ र साथीहरूसँग बित्थ्यो। तर जब उनी बजारमा देखिन्थिन्, सुनिलको आँखा उनलाई खोज्थे। उनीहरूको आँखा जुध्थे, एक पलको लागि मात्र, तर शब्दहरू कहिल्यै निस्किएनन्। उनीहरू बजारको लयमा बाँधिएका अपरिचित थिए, जसको जीवन एकअर्काको छेउबाट हल्का छुँदै बित्थ्यो।सृष्टि दिनकै रिमाको पसलमा जाने भएकाले दुवै जाना को देखा देख त हुन्थ्यो। उनीहरु दुवै बीच कुराकानी त धेरै परको कुरा थियो। तर यता रीमा भने सुनिल लाई राम्रो सँग चिन्थिन्। उनीहरु एकअर्का लाई दाजु बहिनी भन्थे। भनौं सुनिल र सृष्टि बीच पनि ३-४ वर्षको उमेर अंतराल थियो। रीमा र सुनिल सँगै घुम्न जाने पनि गर्थे र कहिले काँही रिमाको साथ लागेर सृष्टि पनि उनीहरूसँग घुम्न जान्थिन्। सँगै घुम्न गएको बेला बल्ल सुनिल ले आफ्नो अप्सराको नाम थाहा पाएको थियो। उसले मन मनै सोचेको थियो आहा जस्तो मान्छे त्यस्तै नाम; सृष्टि।
सृष्टि र रीमा दुवै जना ले भर्खरै +२ को परीक्षा दिएर बसेका थिए। उनीहरु दुवैको ६ महिनाको लामो बिदा थियो। रिमाको भने बीएस्सी नर्सिङ गर्ने सोच थियो भने सृष्टि ले भने अझै पनि के गर्ने भनेर सोच बनाएकी थिइन्न। रीमा छिट्टै नै पोखरा गएर इन्ट्रान्स तयारी गर्ने तरखरमा थिइन्। अब नयाँ ठाउँ जाने हुँदा समान हरु पनि चाहिने हुन्छ त्यसकै लागि उनीहरु पसल जाने, घुम्न जाने, गर्थे।घुम्ने क्रममा उनीहरु ले तस्बिर पनि खिचेका थिए। त्यही तस्बिर एक दिन रिमाले आफ्नो फेसबुक को स्टोरी मा राखिन् र सृष्टिलाई पनि मेन्सन गरिन्। रिमाको स्टोरी बाट सुनिल ले सृष्टिको फेसबुक आईडी थाहा पाए र उनलाई फ्रेन्ड रिक्वेस्ट पठाए। दुईदिन को पर्खाइ पछि बल्ल सृष्टि ले फ्रेन्ड रिक्वेस्ट accept गरिन्। सुनीललाई यो दुई दिन को अंतराल दुई दिन नभएर दुई वर्ष जस्तो लागेको थियो। सुनिल रातमा सुत्न नसक्ने, खान नसक्ने, काममा मन नलाग्ने, र जतिबेला पनि कति बेला फ्रेडन रिक्वेस्ट accept होला भन्ने सोचेर बसेको हुन्थे। र जब फ्रेन्ड रिक्वेस्ट accept भयो उनको खुसीको कुनै सीमा नै थिएन। सुनिल यति धेरै खुसी भएका थिए उनको खुसी को बयान कुनै शब्दमा गर्न एकदमै गार्हो हुन्छ।
अब सुनिल जतिबेला पनि सृष्टि लाई नै हेरिराख्न थाले। आफ्नो पसल को ऐनामा उनको प्रतिबिम्ब हरेक पल खोज्थे। सृष्टिको मुस्कान, उनको कपाल पछाडि राख्ने तरिका, ससाना कुरा हरु पनि उनले खुब मिजास ले हेर्न थाले। दिनहरू बित्दै गए र सुनिल को मनमा सृष्टि प्रतिको प्रेम पनि बढ्दै जान थाल्यो। उनले सृष्टि सँग बोल्ने हिम्मत पनि गरेनन्। उनलाई डर थियो कतै उनी नबोल्निन् कि भन्ने। उनको दिनचर्या यसै गरी नै बित्न थाल्यो। उनी सृष्टि ले पोस्ट गरेको फोटो, स्टोरी मा रिएक्ट गर्थे अनि बस्थे। उनी यसमै खुसी थिए। यता सृष्टिलाई भने यो कुरा हरुको बारेमा केही जानकारी नै थिएन।
एकदिन सुनिल ले सोचे मेसेज त गर्नै पर्छ तर के भनेर मेसेज गर्ने। सोच्दा सोच्दा उनले एउटा उपाय भेटाए र स्टोरी मा रिप्लाई गरे; "आहा कति राम्रो फोटो" सृष्टिको जवाफ छोटो आयो "धन्यवाद" र कुरा यति मै टुंगियो। यसै गरी उनीहरु बीच कुनै कुनै दिन कुरा त हुन्थ्यो तर एक शब्दमा नै टुंगिने हुन्थियो। सुनिल को दिनचर्या अब फरक हुन थालेको थियो। कामको समय होस या अरु बेला उनको ध्यान मोबाइलमा नै हुन्थ्यो कतै मेसेज गर्छिन् की सृष्टि ले भनेर, नयाँ स्टोरी अपलोड हुन्छ कि भनेर। तर आफूले मेसेज गर्न? त्यो उनलाई पहाड चढनु जतिकै लाग्थ्यो।
बीचको धेरै दिन उनीहरु बीच केही कुरा नै भएन। यता सुनिल आफ्नो पसलको काम मा ब्यस्त हुन थाले अनि उता सृष्टि पसल आउन छोडिन्। केही हप्ता पछि उनले सृष्टि लाई बजार मा देखे र काममा व्यस्त भएर भुल्न थालेका सृष्टिलाई फेरी देख्दा उनी दंग र खुसी पनि भए। उनी अब फेरि कसरी बोल्ने होला, कसरी मेसेज गर्ने होला भन्ने सोच्न थाले। सृष्टि सँग बोल्न हरेक तरिका अपनाउन खोजें तापनि मेसेज गर्ने हिम्मत जुटाउन सकेनन्। उनको त्यो दिन यतिकै बित्यो कसरी मेसेज गर्ने भन्ने सोच्दा सोच्दै।!
अर्को दिन उनले फेरी सृष्टि लाई नजिकै बाट देख्ने मौका पाए र मौकाको फाइदा उठाउँदै उनको एउटा तस्बिर खीचे। राती घर गएर उनैलाई त्यो तस्बिर पठाएर यो मान्छे को चिनेको छौ त भनेर सोधे। उताबाट रिप्लाई पनि आइहाल्यो यो त मेरो फोटो कति बेला खिच्नु भएको हो?
यहाँबाट बल्ल उनीहरूको दैनिक कुरा हुन थाल्यो। सुनिल आफ्नो ब्यस्त समयबाट जेनतेन गरेर समय निकालेर र सृष्टि लाई मेसेज गर्थे। उताबाट पनि रिप्लाई आउँथ्यो; कहिले चाँडै, कहिले ढिलो!
यसमा पनि सुनिल एकदमै खुसी थिए।यता सृष्टिलाई भने सुनिलको मनमा पलाएको माया र उनी प्रतिको लगावको बारेमा केही थाहा थिएन। उता सुनीललाई पनि सृष्टिको मनमा आफ्नो लागि केही छ कि छैन भन्ने पनि थाहा छैन।आजको दिन सम्म सुनिल उनलाई देख्न पाएर, बोल्न पाएर नै खुसी छ।सृष्टिले सुनिललाई साथीको रूपमा मात्र देखेकी छिन्, बजारको परिचित अनुहार। सुनिलले पनि आफ्ना मनका भावना ब्यक्त गरेका छैनन्। उनलाई सृष्टिसँग बोल्न पाउनु नै ठूलो कुरा छ। व्यस्त दिनमा पनि उनले सृष्ठीलाई मेसेज गर्न समय निकाल्छन्, उनको नाम फोनमा देख्दा मुस्कुराउँछन्। उनको मन, अनकहा आशाहरूले भरिएको, बजारको लयसँगै बगिरहेको छ, जहाँ उनीहरूको कथा—संकोची, नबोली, तर जीवन्त—बिस्तारै बुनिँदै छ।यो भन्दा पछिको दिनमा के हुन्छ भन्ने थाहा पाउनको लागी तपाइहरु हामीमाझ जोडिराख्नु होस्।
To be continued...................
Comments (0)
No comments yet. Be the first to comment!
Sign in with Google to leave a comment