म एउटा गरिब परिवारमा जन्मिएकी थिएँ। अलि जान्ने बुझ्ने भएपछि थाहा पाएकी हाम्रो एउटा सानो झुप्रो थियो। त्यो घर पनि बाडिले बगाएर अर्काको घरमा बस्न थालेका थियौं। दिदी र दाइ बाट सुनेकी आमाले कति धेरै दुःख गरेर, खेती किसानी गरेर हामीलाई खान लाउन पुर्याउने गर्नु हुन्थ्यो रे। खान त जेन तेन पुगे पनि नयाँ कपडा लगाउन त दशैं नै पर्खिनु पर्दथ्यो, आमाले रिन लिएर किनिदिनु हुन्थ्यो रे। घरमा त्यतिबेला सम्म मेरो जन्म भएको थिएन। दिदी र दाइको मात्रै जन्म भएको थियो। मेरो जन्म हुँदा आमाको मृत्यु भएछ। घरमा हजुरबुवा, हजुरआमा, दिदि र दाइ सबै हुनुभएका कारण मेरो बारेमा धेरै चिन्ता गर्नु परेनछ बाबाले। हजुरआमा पहिलादेखि नै धेरै बिरामी भइराख्नु हुन्थ्यो। उहाँको स्वास्थ्य खासै राम्रो थिएन, अनेक थरिका रोगले गाँझेको थियो रे।
त्यस कारण उहाँको पनि मृत्यु भयो म चार वर्षको हुँदा। अब घरको सबै कामकाज बाबा र हजुरबा माथि आइपर्यो, दिदी पनि सानै हुनुहुन्थ्यो, सबै काम गर्न सक्नु हुन्न थियो। दाइ र म त झन् साना नै थियौं। हामीपनि केही गर्न सक्दैन थियौं। यसैकारण बाबाले अर्को विवाह गर्ने निणर्य गर्नुभयो।हामी स–साना भएपनि यति थाहा थियो कि अर्की आमाले हामीलाई माया नगर्न पनि सक्नुहुन्छ। दिदीले बाबालाई अर्को विवाह नगर्नुहोस्, अर्की आमा कस्तो पर्नुहुन्छ, हामीलाई माया गर्नुहुन्छ कि गर्नुहुन्न, हामीलाई मन नपराउन पनि सक्नुहुन्छ, हामीलाई माया गर्नु भएन भने हामीलाई हेप्नुभयो भने हामी के गर्ने। जस्तो छ त्सतै रहन दिनुहोस्।घरको काम हामी सबै मिलेर गरौंला, सबै कुरा हजुर एक्लैले गर्नु पर्दैन। दिदीको यति कुरा सुनेपछि बाबाले सबै कुरा बुझेर, सोचेर मात्रै अर्को विवाह गर्छु र तिमीहरूलाई माया गर्ने आमा ल्याउछु भन्दै जानुभयो अर्की आमाको खोजीमा। घरमा हामी अब बाबाले कस्तो आमा ल्याउने हुन् भन्ने सोच्दै कुर्दै बस्यौँ। चार दिनपछि आउनु भयो बाबा, हजुरबा र नयाँ आमा। हेर्दा त राम्री हुनुहुन्थ्यो नयाँ आमा, माया पनि गर्नुहोला जस्तै लागेको थियो।
नयाँ आमाको स्वागत राम्रोसँग गर्यौं हामीले। सबै ठिक नै भयो त्यो दिन। रातको खाना खाइवरी एकछिन कुरा गर्यौं र सुत्यौं हामी सबै। नयाँ आमाले खाना पनि एकदमै मिठो बनाउनु हुदों रहेछ। राति म नयाँ आमा सँग नै सुतेँ। दिदीले नयाँ आमालाई काममा सघाउने गर्नु हुन्थ्यो। दाइ र म सानै भएकोले केही काम गर्नु पर्दैन थियो। विवाह भएको चार वर्षपछि नयाँ आमाले भाइ जन्माउनु भयो, यसपछि सबै कुरा बिग्रिदै जान थाल्यो। आमाले हामीलाई सधैं कराउने र पिट्ने गर्न थाल्नुभयो। घरको सबै काम दिदीले र मैले गर्नु पर्दथियो। अब हामी सबैले पढाई पनि छोड्न पर्ने भयो। मलाई पढाइ छोड्ने चाहना थिएन। आमाले पढ्न जान दिनुहुँदैन थियो। मलाई पढ्न धेरै रहर थियो। मैले धेरै जिद्दी गरेर रुने कराउने गर्न थालेपछी बाबाले फेरि स्कुलमा भर्ना गरिदिनुभयो।
म फेरि पढ्न जान थाले। यतिबेला सम्म हामीहरु अर्काको घरबाट आफ्नै घरमा सरिसकेका थियौं। घर पनि काठको बनाइसक्नु भएको थियो बाबाले। दिदी १६ बर्ष पुगिसक्नु भएकोले बाबा उहाँको विवाह गरिदिनको निम्ति केटा खोज्दै हुनुहुन्थ्यो। दिदीले धेरै चोटी म विवाह गर्दिन, म यहाँ बाट गएँ भने भाइ बहिनीले धेरै दुःख पाउँछन्। आमाले तिनीहरूलाई कुट्नु हुन्छ। बहिनीले पढ्न पाउँदिन, कति धेरै रहर छ यसलाई पढ्न, भन्दै रुन थाल्नुभयो। बाबाले धेरै सम्झाई बुझाई गरेपछि बल्ल दिदी मान्नु भयो विवाह गर्न। एक महिना पछि उहाँको विवाह भयो। दाइ दिदी र म कति धेरै रोएका थियौँ विवाहको दिन।
अब दिदी गएपछि सबै काम मेरो र दाइको टाउकोमा आइपर्यो। खाना बनाउने, भाँडा माझ्ने, घाँस काट्ने। आफ्नो काम जाति सबै सकाएर म विद्यालय जाने गर्थेँ। मलाई आमाले पढाइ छोड्न दबाब दिदै हुनुहुन्थ्यो। अब दिदी छैन काम सबै तैले गर्नुपर्छ पढाइ छोड्, धेरै पढिसकिस् अब पढ्नु पर्दैन, भन्नुहुन्थ्यो आमा। मैले उता विद्यालयमा धेरै मिल्ने साथीहरु बनाइसकेको थिएँ। कुनै दिन म विद्यालय जान पाइन्न भने पनि भोली पल्ट विद्यालय जाँदा यस्तो पढाइ भयो भनेर साथीहरुले सिकाइ दिन्थे।
धेरै साथिहरु भए तापनि मेरा दुईजना एकदमै मिल्ने साथीहरु थिए, रेखा र सुमित। हामी एकदमै मिल्थेयौं। म उनीहरूको घर आउन जान थालिसकेको थिएँ। म रेखाको घर त रात बस्ने गरेच्ब् पनि जान्थे। रेखा र सुमितको घर ओल्लो पल्लो थियो भने मेरो घर अलिकति तल थियो। म रेखाको घर गएको दिन हामी राती धेरै बेरसम्म आँगनमा बसेर कुरा गर्दथ्यौं र पढ्थ्यौँ। त्यतिबेला हाम्रो गाउँमा बत्तीको सुविधा थिएन हामी टुकी बत्ति बालेर पढ्थ्यौँ। एकदिन म त्यसैगरी रेखाको घर आएको थिएँ, रेखा सन्चो नभएर सुतिरहेकी थिइ। अरू दिनको जस्तै गरी आँगनमा बसेर पढ्न र गफ गर्न सक्दिन भनेर रेखाले भनि। म एक्लै आँगनमा बसेर विद्यालयको गृहकार्य गरिरहेको थिएँ।
सुमित पनि आइपुगे गृहकार्य गर्नलाई, हामी दुबैजना गृहकार्य गर्न थाल्यौँ। हामीले गफ गर्दै गृहकार्य सक्यौँ। सुमितले एकछिन घर पछाडि जाऊँ भन्यो। म उस्कै पछि लागेर घर पछाडी भएको परालको थुप्रो नेर गएँ। मिल्ने साथि भएका कारण केही नराम्रो गर्ला भन्ने दिमाखमा सोच नै आएन। परालको थुप्रो निर पुगेपछि हामी त्यही बसेर गफ गर्न थाल्यौं। कुरा गरिरहँदा उसले आफ्नो हात मेरो छाति तिर ल्याउन खोजेको जस्तो महसुस भइरहेको थियो। तर त्यस्तो केही होइन होला भन्ने सोचे।
कुराकानी गर्दा गर्दै उसले आफ्नो हात मेरो छाती तिर ल्याउन थाल्यो, मैले हात हटाइदिए तर उसले फेरी हात ल्यायो। मैले के गरेको यो भनेर सोधे, उसले केही होइन भन्यो र एकछिन पछि मेरो छातीमा हात चलाउन थाल्यो। मैले बेसरी उसको हात हटाँए र त्यहाँ बाट जान लागेँ। उसले मलाई बेसरी समायो र ओठमा चुम्बन गर्यो। अनि भन्न लाग्यो; म तिमीलाई मन पराउँछु। मैले म तिमीलाई साथी मात्रै मान्छु र तिम्रो बारेमा अरु त्यस्तो केही सोचिएको छैन भन्दै त्यहाँबाट जान लागेँ। मैले यस्तो भन्दा उ रिसायो, म र मेरो परिवारलाई तथानाम गाली गर्न थाल्यो।
मैले उसलाई एक झापड लगाए र त्यहाँबाट जान लाग्दा मेरो कपाल समाएर भुइँमा लडाई दियो। र मलाई जबर्जस्ती गर्न थाल्यो। म चिच्याउदै कराउन लाग्दा मेरो मुख थुन्दै; एक शब्द मुख बाट निकालीस् भने तैले नै मलाई यहाँ ल्याएको र तैले नै मलाई यस्तो गरेको भनेर गाउँभरिकालाई भनिदिन्छु र तेरो परिवारको नै बेइज्जत हुन्छ भन्यो। परिवारको बेइज्जत हुन्छ भन्ने डरले म आफु चुपचाप बसेर उ के के गरिरहेको थियो सहिरहें। उसलाई गरेर पुगेछ क्यारे जा अब भन्यो र यो कुरा कसैलाई भनेमा मेरो र मेरो परिवार को बेइज्जत गरिदिने भन्यो।
यो सबै हुँदा भर्खर साँझ पर्न थालेको थियो। यतिबेला सबै घाँस काट्न र गाईवस्तु लिएर वन जाने गर्थे। यसकारण यो घटना कसैले देखेका थिएन् र कसैले थाहा पनि पाएनन्। म त्यस रात रेखाको घरमा नै बसे। रेखालाई पनि यो बारेमा केही भन्न सकिनँ। राती सुत्ने बेलामा पनि यही कुरा आँखामा आइरह्यो। सुत्न सकिन, एकैछिनमा के भयो सोच्न सकिन। यति मिल्ने साथीले यस्तो गर्ला भनेर सपनामा पनि सोचेकी थिइन।
भोलि पल्ट विद्यालय गएँ। विद्यालयमा उसले एउटा पेपरमा विद्यालय पछाडि भएको खेतमा भेट्न भनेर लेखेको रहेछ र एक्लै आउन पनि भनेको रहेछ। नआएमा सबैलाई हिजोको कुरा भनिदिने पनि भनेको रहेछ। म गएँ विद्यालय पछाडि भएको खेतमा, म त्यहाँ पुग्ने बित्तिकै उसको फेरि त्यही सुरु भयो। मैले अब त छाडी देउ, म सक्दिन यसरी दिनको यो सहन भने। तर उ कहाँ सुन्नेवाला थियो र आफ्नो मन मर्जी वमोजिम जबर्जस्ती गर्न थाल्यो। मैले कति रोके, त्यहाँ बाट जान खोजेँ तर सकिन। प्रयास गर्दा गर्दा थाकेर हात खुट्टा फालिदिएर छोडिदिएँ।
उ आफु थाकेपछि मलाई जानलाई भन्यो र म त्यहाँ बाट गएँ। यसैगरी उ मलाई कहिले कता त कहिले कता बोलाउथ्यो, नगएमा गाउँ भरि बेइज्जत गर्ने धम्की दिने गर्थ्यो। म बिवस भएर जहाँ बोलायो त्यहीँ जान्थे। हप्ता दिन यसैगरी बित्यो। एकदिन मैले अब बोलाउदा आफु नआउने कुरा भने। आइनस् भने गाउँभरि सबै कुरा भनिदिने भन्दै धम्कायो। मैले पनि आफु आज गएर घरमा सबै कुरा भन्ने र उयष्अिभ अयmउबिष्ल गर्ने भनेर भने र त्यहाँ बाट घर गएँ। घरमा गएर आमालाई सबै कुरा भन्ने निधो गरेँ तर उहाँले मेरो कुरा विश्वास गर्नु हुन्छ कि हुँदैन होला भन्ने भयो मलाई। भनिन भने मेरो जिन्दगी यस्को डरमा बित्छ र मेरो जिवन पनि बर्वाद हुन्छ।
यही सोचेर आमालाई सबै कुरा भने तर आमाले मेरो कुरा नै विश्वास गर्नु भएन। उल्टै जतिबेला पनि त्यसको पछि लागेर हिडिरहेको हुन्छेस् अनि अहिले यहाँ यस्तो गर्यो, उस्तो गर्यो भन्दै मलाई भन्छेस् भन्दै कराउन थाल्नु भयो। म अचम्ममा परेँ, सौतेनी भएपनि आमा त हुन् नि तर कस्तो होला एउटा छोरीको पिडा पनि नबुझ्ने रहेछिन्। त्यो रात म धेरै रोएँ। सोचेकी थिएँ आमाले मेरो कुरा बुझ्छिन् भनेर तर यहाँ त उल्टो भएको थियो। आमाले मलाई नै गलत बनाएकी थिइन्। बाबा र दाइलाई यो कुरा भन्ने हिम्मत नै आएको थिएन कसरी भन्नु उहाँहरूले पनि मेरो नै गल्ती देखाउनु हुने हो कि जस्तो लाग्दै थियो।
तर भन्नु त थियो नै म आफ्नो जिन्दगी यसरी बर्बाद गर्न चाहादैन थिएँ। हिम्मत आइरहेको थिएन तर पनि बाबालाई भन्दा दाइलाई भन्न सजिलो जस्तो लागेर दाइलाई भने। दाइले सुन्ने बित्तिकै पहिले नै भन्नु पर्दैन यति धेरै दिन भइसकेको रहेछ भनेर कराउन थाल्नु भयो। मैले रुदैँ उसले धम्काएको र परिवारको बेइज्जत गरिदिने भनेको कुरा भने र दाइले मलाई शान्त बनाउँदै मलाई यही बसिराख्न भन्नु भयो र आफु आदि घन्टामा आइपुग्ने भनेर त्यहाँ बाट जानु भयो।
दाइको कुरा मानेर म त्यहि बसिरहेँ। आमाले हाम्रो कुरा सबै सुन्नु भएको रहेछ, दाइ जाने बित्तिकै कोठामा आएर कराउन थाल्नु भयो; अल्छिनी घरको इज्जत फाल्ने भइस् होइन, त्यसले केही गरेको भएपनि तँ चुप लागेर बस्न सक्दैन थिइस्, किन भनिस् दाइलाई भन्दै कुट्न र काराउन लाग्नु भयो। बाबा आइपुग्नु भयो आमाले मलाई कुट्दा कुट्दै। उहाँले अलिअलि कुरा सुन्नु पनि भएको रहेछ। बाबाले आमालाई एक झापड लागाउनु भयो र आमालाई कराउन थाल्नुभयो। छोरीलाई यस्तो भएको रहेछ, तलाई भनेकी रहिछे, मलाई भन्नु पर्छ कि पर्दैन, उल्टै कुट्छेस् भन्दै कराउन थाल्नुभयो। बाबाले मलाई पहिले नै भन्नु पर्दथियो किन न भनेको भनेर सोध्नुभयो।
मैले हजुरहरूको इज्जत जाने डरले भनेर उत्तर दिएँ। बाबा केही बोल्नु भएन र मलाई हिँड जाउ भन्नुभयो, मैले कहाँ भनेर प्रश्न गरेँ उहाँले पुलिस चौकी भन्नुभयो। उहाँलाई पुलुक्क हेरेँ,हिँड भन्ने ईशारा गर्नुभयो र म बाबाको पछि पछि लागेँ। हामी पुलिस चौकी पुग्यौं। मैले त्यहाँ उजुरी दिएँ। उजुरी दिए पनि पुलिसहरुले केही वास्ता नै गरेनन्।
किनभने सुमितको बाबाको संगत ठुलाबडा मान्छेहरू सँग थियो। पुलिसहरुले आ–आफैँमा सल्टाउन भएको भए हुन्थ्यो हामीले यहाँ ल्याएपनि केही गर्न सक्दैनौँ। ठुलाबडा सँग संगत छ के गर्नु भने। हामीले बिन्ती गर्यौं प्रकाउ गर्नको लागि तर पनि हाम्रो केही चलेन र हामी त्यहाँ बाट फर्कियौँ। घरमा आइपुग्दा दाइ पनि आइपुगिसक्नु भएको रहेछ। दाइले सुमितलाइ कुटेर रक्ताम्मे बनाएर आउनु भएको थियो। हामीले पुलिसबाट आश मारिसकेका थियौँ। अब गाउँभरि हल्ला फैलिसकेको थियो। सबैले मलाई हेर्ने नजर नै फेरिसकेको थियो। कसैले बिचरा भन्थे त कसैले ठिक्क पर्यो भन्थे।
एक वर्ष बितिसक्दा पनि पुलिसले केही गरेका थिएनन्। अर्को वर्ष तिनको सरुवा भएर अर्को ष्लकउभअतयच त्यहाँ आए। नयाँ ष्लकउभअतयच आएको दुई हप्ता नहुदै सुमितलाई प्रकाउ गरियो र त्यसको केही दिनमा नै कोर्टमा पेसी पनि भयो। मैले न्याय पाएँ र सधैंको जस्तै सत्यको जित भयो। यो एक वर्षमा मैले गाउँका मान्छेहरूको सोच बुझेको थिएँ। एउटा महिलाले अर्को महिलालाई साथ नदिएको आफ्नै घरमा देखेँ। दुःख धेरै पाएँ तर अन्त्यमा न्याय पनि पाएँ।
Comments (1)
such a great
Sign in with Google to leave a comment