पुस माघको जाडो, त्यो पनि काठमाडौंमा। यहाँहरु सबैलाई थाहा छ नै होला कति चिसो हुन्छ भनेर। सदा झै बिहानै उठेर चिया बनाएर घरको सबैलाई दिए र आफूले पनि खाएँ। अरु दिन भन्दा आज चिसो अझै बढी भएको महसुस भइरहेको थियो मलाई। आफूले गर्ने सबै काम सकाएर बेडमा बसिरहेको थिएँ ममि आउनु भयो रूममा अनि भन्नु भयो नानी आज तँ झापा जानु पर्ने भयो तेरो ठुलोममीको मा। मैले किन र एकासी भनेर ममीलाई प्रश्न गरे। ममिले बहिनी यहाँ आउन भनेर झगडा गरेको गरै छे तँ गएर लिएर आइज। 


कसरी जानु म कहिले गएको छैन, नयाँ ठाउँ कसरी पुग्नु म भनेर मैले भने। ममीले ठुलोबाबा आउनु हुन्छ रे लिन बसपार्क भन्नु भयो। मैले ठिकै छ नयाँ ठाउँ देख्न पाउँछु भनेर हुन्छ भनिदिए। ममीले कपडा हरु ठीक पार आज रातिको गाडीमा नै गइहाल्नु भन्नु भयो। म पनि हतार हतार नुहाएर आफ्नो बाँकी काम सकाए। कपडाहरू रेडी गरेर बसे। घडी हेर्दा दिउँसोको तीन बजिसकेको रहेछ। बाबाले गएर टिकट ल्याईदिसक्नु भएको थियो। छ बजे गाडी हिड्ने भनेर भनेको थियो गाडीवालाले । 


म भने अझै जाऊ की नजाउँ भइरहेको थिएँ। मलाई झापामा कति चिसो हुन्छ थाहा थिएन। यहाँ भन्दा नी बढी जाडो हुने हो कि जस्तो लागिराखेको थियो। म सोच्दा सोच्दै निदाएछु। ममीले आएर उठाउनु भयो। अब रेडी होऊ। द्धस्घण् भइसक्यो, ढिलो हुन्छ छिटो उठ। म नी हतपत उठेर फ्रेश भएर रेडी भएँ र गए बाबा संग बसपार्क। म यसरी टाढाको बाटो एक्लै हिँडेकी थिइन। अलिअलि डर लागि रहेको थियो। 
तर मैले बाबालाई भनिन, आतिनु हुन्छ होला भनेर। ममी या बाबा जो पनि जना सक्नु हुन्थ्यो झापा तर मलाई नै किन पठाउनु भयो अचम्म लागि रहेको थियो मलाई। अरुबेला म आफूले जान्छु नी भन्दा जान दिनु नै हुन्नथ्यो। खुशीको साथै डर नी लागिरहेको थियो। टाढाको यात्रा नगरेकी म एक्लै त्यो पनि नाईट बसमा यात्रा गर्दै थिएँ। सिटमा सँगै को पर्ने होला। म जस्तै कोई केटी नै परुन की कोई अन्टि या आमा सजिलो त हुन्छ मलाई जस्तो मनमा लागिराखेको थियो। 


गाडी आयो र गाडी चडे म। आफ्नो सिटमा को परेको होला भन्ने कुराले मलाई पिरोली रहेको थियो। सिटमा गएर हेर्दा कोई थिएनन्। म एक्लै नै भएँ। ठिकै छ जस्तो पनि लाग्यो तर फेरि बाटोमा कोई रक्सी खाएको मान्छे चढायो भने के गर्ने होला भन्ने पनि लाग्यो। यस्तै सोचिरहेकी थिए, एउटा केटा मेरै सिट तिर आइरहेको जस्तो लाग्यो। न भन्दै उ तेही सिटमा बस्यो। मैले मन मनै हे भगवान कोई केटी नै परेको भयो के हुन्थ्यो र भने। 
अब गाडी हिड्ने समय भयो। पुरै गाडी भरीसकेको थियो। बाबापनी घर तिर गईसक्नु भएको थियो। मैले बाटोमा खाना लाई केही खानेकुराहरू किनेर राखेको थिए। मलाई होटलको खानेकुरा रुच्दैन थियो। गाडी हिड्यो। म अब कानमा भबचउजयलभ हालेर गीत सुन्न लागे। गीत सुन्दा सुन्दै निदाएछु। बिउझिदाँ थाहा पाए म त त्यो केटाको काँधमा पो निदाएकी रहेछु। 


झटपट उठे र सरी भने। उसले केही भएन भन्यो। र उ उसको मोबाइल तिर र म मेरो मोबाइल तिर बेस्त भयौ। ऊ मोबाइलमा कसैलाई मेसेज गरिरहेको थियो। हेर्दा लाग्यो उ गर्लफ्रन्डसँग बोलिरहेको थियो। ऊ रोहि रहेको जस्तो पनि लागिराखेको थियो मलाई। सोध्न सकिन के भयो भनेर। भर्खर देखेको मान्छे चिना पर्चि पनि भएको छैन कसरी सोध्नु के भयो भनेर जस्तो लाग्यो। सोधिन केही समयपछि उसको झगडा सकिएछ क्यारे मोबाइल झोलामा राखेर यतिकै बस्यो। ऊ झ्याल तर्फको सिटमा थियो। गाडी तगचलष्लन हुँदा म लड्न खोज्थें तर सिट समातेर जोगिन्थ्ये म। मलाई सारै गारो भइरहेको थियो बस्नलाई। तर अब के गर्नु मलाई यसरी नै झापा पुग्नु पर्ने भयो। गाडी खाना खाने ठाउँमा रोक्यो। म खाना नखाए पनि गाडी बाट तल झरे र बाबालाई कल लगाएँ। खाना खानलाई गाडी रोकेको कुरा भने र सिट कस्तो अफ्ट्यारो परेको छ भनेर भनिरहेको थिएँ। केही बेर पछि सबै खाना खाएर आइसकेका थिए र गाडी पनि अब हिड्ने तरखरमा थियो। 


सबैजना सिटमा बसे अब गाडी हिड्यो, रात भरी को यात्रा थियो। म अहिले नै आतिसकेको थिए। गाडी फेरि तगचलष्लन पोइन्ट मा आयो। लड्छु होला जस्तो लागेको थियो तर त्यस केटाले मेरो हात बेसरी समात्यो र आफु तिर तान्यो। म लडिन, उसले आफ्नो एउटा हात सिट पछाडि लाग्यो र मेरो शरीरमा नछुने गरी हात त्यही राखीराख्यो। किन यस्तो अफ्ठ्यारो गरी हात राखेको होला भन्ने लागेको थियो मलाई तर पछि थाहा पाएँ मलाई लड्न बाट बचाउन रहेछ। 


ऊ हरेक टर्निङ प्वाइन्ट आए पछि मलाई यसरी नै लड्नबाट बचाइरहेको हुन्थ्यो। तर हाम्रो बोलचाल भने भएकोे थिएन। उसलाई खयmष्त आउने रहेछ त्यसकारण उ झयालतिरको सिट छोड्न पनी सकिरहेको थिएन। कोही अन्जान मान्छेलाई किन यसरी सहयोग गरेको होला जस्तो लाग्यो। म आफूले नै बोलचाल सुरु गरे, कहाँ पुग्नु पर्ने हो हजुर? झापा अनि हजुर भन्दै मलाई प्रश्न गरे म पनि झापा नै हो ।
झापा कुन ठाउँ भन्दै मलाई प्रश्न गरे तर मलाई के थाहा कुन ठाउँ पुग्नु पर्ने हो भनेर। खोइ थाहा छैन ठूलोबाबा लिन आउँछु भन्नु भएको छ बसपार्कमा भने। ऊ हाँस्दै कुन ठाउँमा पुग्नु पर्ने हो पनि थाहा छैन भन्यो। मैले पनि हाँस्दै उम्म भने। उसको भने घर झापा नै रहेछ। उसलाई झापाको कुना कुन थाहा रहेछ। ऊ भनिरहेको थियो, काठमाडौं म पढ्न बस्छु, नयाँ बानेश्वरमा। कमर्स पढिरहेको छु। म संग नी सोधिरहेका थियो, उसको प्रश्नको सबै उत्तर म दिरहेकी थिएँ।


कुरा गर्दा गर्दै हामी रात भरी सुतेनौँ, झापा आइपुग्न अब केही घण्टा मात्रै बाँकी थियो मलाई याद आयो उ बसमा रोहिरखेको जस्तो लागेको थियो। मैले सोधिहाले किन रुनु भएको थियो हजुर भन्दै। सुरुमा त होइन रोएको थिइन भनिरहेको थियो तर पछि उसले कारण भन्यो किन रोहिराखेको थियो भनेर। उसको गर्लफ्रन्ड रहेछ। सँगै भएको पाँच वर्ष पुगिसकेको रहेछ। तर उसको घर परिवारले उनीहरूको बारेमा थाहा पाएर केटीको विवाह अरु नै केटा सँग गरिदिन लागिराखेको रहेछन्। उसलाई नछोडे केटीको आमाले म बिष खाएर मरिदिन्छु भनेर धमकाएकी रहेछन् केटीलाई। त्यसकारण केटीले विवाहको स्वीकृति दिइछन्। केटीको भोलि विवाह हुँदै रहेछ। त्यसकारण केटा घर जाँदै रहेछन्।


यो सबै सुन्दा म अचम्ममा परें। कोही किन सोच्दैनन् सम्बन्धमा बस्नु भन्दा पहिले घरकाले मान्दैनन् भनेर। मलाई उ प्रति सार्है माया लागेर आयो। केटाको घरमा सबैलाई थाहा रहेछ पहिला देखि नै। त्यही केटी सँग विवाह पनि गरिदिन्छु भन्नु भएको रहेछ घरमा। तर केटीको परिवारले उनीहरूको बारेमा थाहा पाउने बित्तिकै केटीको अर्को संग विवाह गराइदिए। उनीहरूको जात पनि मिल्थ्यो। विवाह किन गराइदिन मानेनन् कसैलाई थाहा भएन। म यस्तै सोचिरहेकी थिएँ फोनको घण्टी ले मलाई झस्काइदियो। 


मेरो मोबाइल बजेको होइन रहेछ। त्यो केटाको मोबाइल मा कल आएको रहेछ। उठायो उसले कल। केही बेर बोल्यो र कल राखिदियो। ऊ कलमा बोल्दा उसको अनुहार मा अचम्मको खुसि देखिएको थियो। ऊ ल आउ म पर्खिन्छु तिमी लाई यही बसपार्कमा भन्दै थियो। ऊ एकदम खुसी देखिन्थ्यो। मैले उसलाई  हेरिरहेको देखेर उ आफैले भन्यो मेरो गर्लफ्रन्ड घरबाट भागेर झापा आइरहेकी छे रे। म फेरि अचम्ममा परेँ। मैले उसलाई प्रश्न गरे किन कसरी अनि आज विवाह भनेको होइन उसको?


सबै प्रश्न एकैचोटी गरे मैले। उसले भन्योः म मर्छु बिहे गर्दिन भनी रहेकी थिई हिजो उसले मैले आउ याई झापा म सक्छु तिमीलाई पाल्न। मेरो घरमा सबैलाई तिम्रो बारेमा थाहा छ। स्विकार्नु हुन्छ तिमी लाई भनेको थिए। उसलाई आमाले बिष खानु हुन्छ भन्ने टेन्सन थियो। हिजो राती उसले बाबा आमाको कुरा सुनेपछि घर बाट केही पैसा लिएर गाडी राती नै चढिछ। मैले सोधें तेस्त्यो के कुरा सुनिछे उसले की एकै छिनमा घर नै छोडेर हिँडिन् तिमीसँग हुन लाई। उसले भन्योः यति बिष खान्छु भन्ने नाटक नगरेको भए कहाँ मान्थी बिहे गर्न लाई। हामीलाई यो देखि मतलब छैन यसको विवाह गरिदिए पछि केटा पट्टिबाट आउने पैसा देखि मतलब छ। 


यो सुनेर म दंग परे यस्ता नी हुन्छन् र आमा बुवा। आमा बुवाको लागि त छोरा छोरीको खुसी नै सबै भन्दा ठूलो होइन र। पैसाको लागि यस्तो पनि गर्न सक्छन् र आमा बुवा। हजार प्रश्न आए मनमा। तर अब उत्तर कहाँ खोजु। यस्तो सोच्दा सोच्दै बसपार्क आइपुग्यो। ठुलोबाबालाई कल गरे लिन आउनुस् भन्दै उहाँले अलिकति ढिलो हुने भन्नु भयो लिन आउन लाई एकैछिन त्यही पर्खिएर बस्न भन्नु भयो। म धेरै थालिसकेको थिए। मैले कहाँ आउनु पर्ने हो भन्नु न म आइहल्छु नी भने। 


ठूलोबाबाले लक्ष्मीपुर आउ न त माय्जिक लाग्छ त्यही बसपार्क बाट भन्नु भयो। मलाई त थाहा थिएन कहाँ के भनेर फेरि उसलाई नै सोधें कहाँ लाग्छ लक्ष्मीपुर जाने माय्जिक भनेर। उसले म पनि त्यही जाने हो जाउँ सँगै भन्यो। म उसको पछि पछि लागे। चडेउ माय्जिक, उ म भन्दा अलि अगाडि नै झर्यो र ड्राइभर लाई भन्यो उहाँलाई लक्ष्मीपुर ओराली दिनु। उसले भन्यो मैले भाडा तिरिदिए है। अनि त्यसपछि ऊ लाग्यो। केहीछिन पछि लक्ष्मीपुर पनि आइपुग्यो। म पनि झरे गाडी बाट। ठूलोबाबा पहिला नै त्यहाँ आएपुगिसक्नु भएको रहेछ। ढोग गरे उहाँलाई र हामी घर तिर लाग्यौ।
घर आएर नुहाए, खाना खाएर बसेकी थिएँ। हिजो रात भरिका कुराहरू दिमागमा आइरहेको थिए। मलाई याद आयो मैले त उसको नाम पनि सोधिन। उसलाई धन्यवाद पनि भनिन। न त उसको नम्बर नै छ म संग। त्यो केटी आइपुगी होला की नाई। अब तिनीहरू ले विवाह गर्छन् होला। कति थोक बुझ्नु थियो, थाहा पाउनु थियो, अब कसरी थाहा पाउने होला भन्ने लाग्यो मलाई। एक छिन छटपटिए। तर के गर्नु न ऊ माय्जिक बाट झरेको ठाउँको नाम नै थाहा छ मलाई न उसको नाम नै। के गर्ने होला। 


तर अब जति सोच पनि केही हुने वाला थिएन। बहिनी र म फेरि राती नै फर्किने भयौ काठमाडौं। हामी दुवै जना काठमाडौं आइपुग्यौ। आशा छ ऊ संग कहिले त भेट होला। उसलाई धन्यवाद त भन्न पाउला। उसले गाडीमा मेरो कति धेरै अबचभ गरेको थियो। एउटा बाबाले गर्ने अबचभ, दाजु भाई ले गर्ने अबचभ सबै मिक्स थियो। हामीले एउटा आफ्नोपन महसुस गरेका थियौं एक अर्काबाट। कोही मेरो आफन्त नै हो जस्तो लागेको थियो ऊ मलाई।


मलाई उसको नाम थाहा छैन। उसले यो कथा सुन्छ की नाई पनि थाहा छैन। तर सुनिरहेको छ भने धेरै धेरै धन्यवाद भन्न चाहन्छु म। तिम्रो जीवनको नयाँ अध्याय सुरु गरी सक्यौ होला तिमीले। तिमीलाई धेरै धेरै शुभकामना छ। भाग्यले जुरायो भने हाम्रो भेट फेरि पनि होला नै।