दैलेख जिल्लाको एक सामान्य किसान परिवारमा जन्मिएको पहिलो सन्तान म, जेनतेन दुःख सुख गर्दै २०६९ सालमा राम्रो अंकका साथ प्रथम श्रेणीमा एस. एल.सि उतिर्ण भए । अब कुन विषय पढ्ने भन्ने कुराले घरमा तरङ्ग नै छायो । जे पढ्ने सोचे पनि अन्तिममा समस्या आर्थिककै आउँथ्यो । सरकारि शिक्षालयमा कम शुल्कमा बा को साथीको छोरा भरत के.सि पनि त्यही पढ्ने भएकाले उहाँको सल्लाह बमोजिम कर्णाली प्राविधिक शिक्षालय जुम्ला जाने निर्णय भयो।
बा ले सुर्खेतबाट हवाईजहाजमा जुम्ला जाने बन्धोबस्त मिलाई दिनु भयो । म जुम्ला पुगे २०७० साल श्रावण १० गते, दाजु भरत के.सि कै कोठामा बसेर प्रवेश जाँच दिए। सि.टि.ई.भि.टि ले दश दिन जत्तीमा नतिजा निकाल्यो , मेरो प्रथम सुचि मै नाम आयो । घरबाट पैसा पठाईदिनु भयो, मैले सिभिल ओभरसियरमा भर्ना गरेर घर फर्किए । मङ्सिर ४ गते बाट नया कक्षा संचालन हुने सूचना थियो ।
यता घर आएपछि पहिलो दिन मै भेट्न गए, मेरि प्रेमिका, मेरो पहिलो माया सरिता लाई । उनि धनी खान्दान कि छोरी काठमाडौं मा आ.ई.ए.सि बिज्ञान पढ्ने निधो भएछ । उनी खुसी थिईन काठमाडौं जाने भए भनेर तर म चाहिँ दुखी थिए हाम्रो माया प्रेम छुट्छ कि भनेर। दसैं , तिहार मनाएर म जुम्ला लागे उनी काठमाडौं लागिन, हाम्रो गन्तव्य फरक हुन पुग्यो । अनि त्यसपछि हाम्रो भेट हुन छोड्यो र म सङ मोबाईल फोन नभएका कारणले हाम्रो कुरा हुने कुरै भएन ।
एक बर्ष पछि हाम्रो भेट भयो २०७१ सालको दसैं मा तर उनी परिवर्तन भएको मैले महसुस गरे । खै के कारण हो बुझ्नै सकिएन, म भन्दा धनी केटा पाइन सायद म सङ कुनै चिनजान नै छैन जस्तो गरि, बोल्न नै नचाहेपछि मेरो के नै लाग्छ र ? मौसम जस्तै परिवर्तन भयो मेरो पहिलो माया । मैले नि बिर्सिने निर्णय लिन बाध्य भए । २०७२ सालमा प्लस टु उतिर्ण गरि, उनले चितवनको एन.पि.आई कलेजमा बिए.सि .एजि अध्यायन सुरु गरिन। मेरो भने २०७३ सालमा तीन बर्षको सिभिल ओभरसियर अध्ययन पूरा भयो ।
पढ्दा लागेको ऋण तिर्न र बा आमालाई एउटा सानो नया घर बनाएर राख्ने सपना बोकेर म २०७३ साल फाल्गुण २३ गते एउटा राम्रो नाम बनाएको राष्ट्रिय एन.जियो मा ओभरसियर पदमा जागिर सुरु गरे । मेरो कार्यस्थल थियो धादिङ जिल्लाको उत्तरी भेग रुबि भ्याली गाउँपालिका। कष्टकर भुगोल भएता पनि प्राकृतिक सुन्दरताको धनि ठाँउ, जहाँ मैले धेरै कुरा सिक्न र भोग्न पाए । धादिङ, नुवाकोट, रसुवा, गोर्खा लगाएतका जिल्लाहरु घुम्ने मौका पाए। अहिलेपनि म एकदम सम्झिने गर्छु २०७३ देखि २०७५ साल सम्मको धादिङ बसाई र समस्त सहयोगि मनहरुलाई । उनी मेरि भुपु मायालु पनि पढाई बिचमै छोडेर डिपेन्डेन्टमा बिदेश पलाईन भइन भन्ने खबर सुने । सारै नरमाईलो लाग्यो ।
धादिङको जागिर सकिएपछि, २०७६ सालमा सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गत जिल्ला शिक्षा समन्वय ईकाई दैलेख मै करार जागिर सुरु गरे । लागेको सबै ऋण तिरेर एउटा सानो घर बनाए । अनि सधै साझ बिहान समय निकालेर लोक सेवा तयारी पनि थाले । २०७७ सालमा लोक सेवा आयोग कर्णाली प्रदेश ले लिएको रा.प अनंकित प्रथम श्रेणी र दितिय श्रेणीमा लेखीतमा नाम आयो तर भाग्य मै नभएपछि कसको के नै लाग्ने रैछ र अन्तिम चरणमा दुबै अन्तरबार्तामा फालीदियो । जीवनमा थप निराशा छायो, केही दिनको बेचैनि पछि मन समाले र अब मैले ईन्जिनियर पढ्न सुरु गर्नु पर्छ भन्ने सोचे ।
फेरि ईन्जिनियर पढ्न ऋण लाग्ने भयो भन्ने तनाब सुरु भयो । अनि सुरु गरे ईन्जिनियरिङ्ग प्रवेश जाँचको तयारी गर्न । २०७७ सालको अन्तिम तिर चैत्र १० गते सपनाको शहर काठमाडौं मा प्रवेश जाँच दिए आए , जाँच सोचे भन्दा राम्रो भयो ।लोकसेवा आयोगले नपत्ताएको मलाई पुर्वाञ्चल बिश्वबिद्धालयले छात्रवृत्तिमा बि.ई सिभिल ईन्जिनियर अध्ययन गर्ने मौका दियो । म मा केही खुशी छायो । नया गन्तब्यको सरुवात भयो ।
एकदिन फेसबुक चलाउदै थिए, हाई भनेर म्यासेज आयो । मैले हेल्लो भनेर कुरा सुरु गरे, उनि थिइन १ बर्ष अघि म सङै लोक सेवा आयोग सुर्खेत मा रा.प अनंकित दितिय श्रेणी, चौथो तहमा अन्तरबार्ता दिन गएकि रिमा । जो छ्नोट भइ अहिले सरकारि सेवामा छिन । मैले धेरै कुरा पछि एउटा कुरा सोध्ने बिचार गरे । रिमा तिम्रो कसै सङ माया प्रेम छ ?उनले भनिन् छैन । किन र ? हामी धेरै समय अघि देखि परिचित छौ । नाता लाग्ने इष्टमित्र पनि हुँ । के घरमा कुरा चलाउ त हाम्रो बिहे को लागि ? उनको उत्तर आयो, घरमा त सरकारि ईन्जिनियर हात माग्न आए मात्र दिने भन्नू हुन्छ । म अक्कमक्क परे । हो र मात्रै भने मैले, अनि बाई भनी अफलाईन भए । मनमा कुरा खेल्यो, केही बर्ष अघि अहिले नै बिहे गरौ भन्दा पनि राजी हुने ब्यबहार देखाउने मान्छे अहिले बिहे गर्नलाई सरकारि ईन्जिनियर हुन पर्ने भएछौ, तिम्रो पनि भाउ बढेछ रिमा भनेर आफ्नो मन शान्त पारे ।
खुशीका पलहरु एकदिन म पनि ल्याउने प्रयासमा छु । अब छिट्टै ईन्जिनियर सकेर संघीय लोकसेवा आयोग को सातौ तह ईन्जिनियर अधिकृत भएर तिमिलाई मौन उत्तर दिने छु समय सङै । त्यति बेला तिम्रो लाएकको सरकारि ईन्जिनियर त हुने नै छु तर तिम्रो चाहिँ हुने छैन ! एक सरकारि जागिरे नारिको अस्सली रुप देखाएकि रिमालाई देखाउन छ, दुई–चार हजार ऋण नपत्ताउने छिमेकिलाई देखाउन छ, एक कुशल ईन्जिनियर भएर देखाउन छ । म जत्ती ठूलो मान्छे भएपनि मेरो भाउ बढ्ने छैन , सबैको साथ, सहयोग र माया भुल्ने छैन । मलाई माया गरि यहाँ सम्म पुराउने सबैमा नमन । कोहि न कोहि त पक्कै यो जिन्दगीमा आउलिन खास बनेर । मेरा बा आमाले मलाई ऋण गरेर हवाईजहाज चडाएको बिर्सेको छैन, बा आमालाई हवाईजहाज चडाएर सपनाको शहर काठमाडौं ल्याएर पशुपतिनाथको दर्शन गराउने ठूलो रहर छ ।
Comments (1)
Nice
Sign in with Google to leave a comment