सानो छँदा आँगनमा खेल्ने,
चङ्गा जस्तै आकाश छुने सपना बुन्ने।
बाबुको आँखाको तारा, आमाको झल्को,
तर खै किन समाजले देख्दैन राम्रो पक्ष ?
विद्यालय जाँदा बोक्ने भारी,
घरको काम, पढाइको तयारी।
भाइले पढ्दा ऊ भान्छामा,
तर पनि उज्यालो सपना आँखा भरी।
किशोरी हुँदै महिना- महिना दुख सहन्छे,
रगतले रंगिए पनि आँसु पुछ्दै अघि बढ्छे।
विद्यालयबाट डाक्टर, इन्जिनियर, पाइलट बन्छे,
नसोचेका सपना पुरा गर्दै उडान भर्छे।
पुलिसको पोशाकमा निडर बनेर,
सेनामा बसेर देशको रक्षा गर्छे।
राष्ट्रपतिका कुर्सीमा बसेर,
नयाँ परिवर्तनको झण्डा फहराउँछे।
तर घरमा आमा हुँदा उसको रूप बदलिन्छ,
सन्तानका लागि जीवन अर्पिन्छ।
आफ्ना पीडा भुलेर सधैं अरूलाई सुख दिन्छे,
तर कहिल्यै गुनासो गर्दिन।
समय बित्छ, कपाल फुलेर हजुरआमा बन्छे,
सन्तानका सपना पूरा भएको देखेर हाँस्छे।
तर उसको संघर्ष कहिल्यै सकिदैन,
ऊ नारी हो, उसको कथा कहिल्यै मर्दैन।
Comments (0)
No comments yet. Be the first to comment!
Sign in with Google to leave a comment